पार्टी कार्यालयमा नै महासमिति बैठक बस्ने : प्रवक्ता शर्मा

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक लम्बिदै गएको छ । मंगलबार नै सकिने पूर्व निर्धारित कार्यसूची रहेको भए पनि बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन नसक्दा बैठक लम्बिँदै गएको छ ।  बुधबार पेस हुने भनिएको विधानको मस्यौदा पनि शीर्ष नेताहरुबीच सहमति नजुट्दा पेस हुन सकेन ।बैठक अझै २ दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।  महासमिति बैठकको स्थान भोलि बिहीबारदेखि भने परिवर्तन हुने भएको छ । महासमिति बैठक अहिले रामशाह पथमा रहेको  एक पार्टी प्यालेसमा चलिरहेको छ । तर बिहीबारबाट भने सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा नै महासमिति बैठक बस्ने शर्माले जानकारी दिनुभयो ।  पार्टी कार्यालयमा नै खानपिनको व्यवस्थासहित बैठक बस्ने प्रवक्ता शर्माले बताउनुभयो ।