नेवि संघ भित्रका कुरा : डिल्लीराम सुवेदी नेविसंघ उपाध्यक्ष

प्रकाशित मिति:

नेवि संघका नेता दुजाङ शेर्पा लगायतका साथीहरु पार्टि कार्यालय अगाडि उभिएर भन्नुहुन्छ, नेविसंघ बिधानमा रहेका त्रुटिहरु सच्च्याइनु पर्छ । मैले भने हामी त चाहन्थ्यौ पार्टिको महासमिति बैठक जस्तै नेविसङको सिनेट मार्फत बिधान अधिबेशनबाट हाम्रो बिधान आफै बनाउन । तर पार्टिको भ्यासेक्टोमीु वाला निर्देशन समितिले हामिले केन्द्रीय समिति बाट पठाएको बिधानमा समेत इरेजर लगाएर उटु बनाएर पठाएको छ । हामिलाइ एतिबेला नखाउ भने दिनभरीको सिकार खाउ भने कान्छा बाउको अनुहारु भएको छ । बिरोध गरौ अधिवेशन बिरोधि भइने नगरौ अधिवेशनलाइ जतिसक्दो उल्झन विधानमा भएको बन्ध्याकरणले नै गरेको छ । तथापी अधिवेशन प्रकृया पनि अगाडि बढाउने र बिधानको परिमार्जन का लागि संघर्ष पनि गर्दै जाने तरिका खोजौ साथीहरु सङ्ग एक्यबद्धता छ जयनेपाल