निकै उथल पुथल र ज्वारभाटाको बिचबाट नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भयो महासमिति बैठकमा जे हुनु पर्ने थियो त्यही भयो विचार हरू आए परामर्श भयो तर पनि महासमितिका सहभागी हरूको बहुमत र नेपाली जनताको भावना प्रतिबिम्बित हुन सकेन
भोलीको नेपालको प्रतिनिधित्व र नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नु पर्छ जुन आशा अभिलाषा र अपेक्षा नेपाली जनता र मतदाताले गरेका छन अद्यपरिमित नेपाली कांग्रेसको विकल्प नेपाली जनताले देखेका छैनन तर नेपाली कांग्रेसले एकोहोरो धर्मनिरपेक्षताकै पक्षमा सुँगा रटाई गर्नु पर्ने आवश्यकता र अनिवार्यता यो पंक्तिकारले बुझ्न सकेन यद्यपि यो लेखक पनि हिन्दुधर्मको प्रचारक, पृष्ठपोषक अथवा पैरवीकर्ता हैनस अपितु मानवधर्मी ज्गmबलष्तबचष्बल हो सबै धर्म, वर्ण र सम्प्रदाय प्रति समान आस्था र विश्वास राख्दै मन्दिर, चर्च मस्जिद गुरूद्वारा लगायत विभिन्न धार्मिक केन्द्र हरूमा गई मानवताको पक्षमा आराधना उपासना गर्छ अत धार्मिक भन्दा पनि आध्यात्मिक हुन मन पराउँछ तर, नेपालको परिप्रेक्ष्यमा नेपाललाई प्रशस्त धार्मिक स्वतन्त्रता सहितको बौद्ध दर्शनबाट प्रभावित भएको हिन्दुधर्मको पक्षमा आफ्नो विचार र धारणा राख्न चाहन्छ धर्म भनेको केवल कर्मकाण्ड मात्रै हैन बरू जीवन पद्धति पनि हो नेपाली हरूको विचार, आस्था, जीवन प्रणाली, आचार संहिता, सभ्यता र संस्कृतिलाई पहिचान गराउने यो वैदिक संस्कार र सभ्यता हो
सहिष्णुता अनुशासन, अनुशीलन र अनुकरणका विविध सुन्दर पक्ष हरूलाई अवलम्बन गर्ने र गर्न लगाउने यो हिन्दु धर्म सिन्धु नदीको सभ्यता र संस्कृतिलाई लिएर सदियौँ देखिको हामी नेपाली हरूको परिचायक बनेर आएको छ यद्यपि कतिपय धर्मान्ध हरूले आफ्नो व्यक्तिगत र पूजारीगत सीमित स्वार्थका लागि यो धर्मलाई बंग्याउने प्रयास नगरेका हैनन तर वस्तुगत रूपमा हिन्दुधर्म संसारकै सर्वोच्च र सुन्दरतम दर्शनमा आधारित संस्कार हो यो कुनै निर्दिष्ट जातको धर्म नभएर समग्र मानवजातिकै उत्थानको शास्त्र पनि हो
हरेक नेपाली हरूले विश्वकै एकमात्र हिन्दु राष्ट्रको नागरिक हुन पाउँदा गौरन्वावित हुनु पर्छ यो चिनारीले नेपाललाई विश्व सामु चिनाउन र पर्यटकीय दृष्टिकोणले नेपालको आन्तरिक र वाह्य पर्यटनलाई उत्साहित बनाउँदै राजस्व संकलनमा ठुलो मद्दत पुग्छ हिन्दु धर्मावलम्बी हरूले नेपालका अन्य धर्मावलम्बी हरूलाई अनादर र घृणाको दृष्टिकोणले कहिलै हेरेका छैनन र अन्य धर्मावलम्बी हरूले पनि सदैव हिन्दु धर्मावलम्बी हरूलाई आदरभावले हेर्दै आएका छन धर्मको नाममा संविधान लागु हुनु पूर्व कहिल्यै कुनै झै(झगड़ा र मारपीट सुनिएको थिएन बरू अहिले आएर विवादहरू आएका छन नेपाललाई विश्व सामु राम्रोसंग चिनाउने हिन्दु धर्म, सभ्यता र संस्कृतिनै हो र हो बुद्ध दर्शन नेपालको दरिद्र र फोहोरी राजनीतिले त हामीलाई दुर्गन्धयुक्त र बदनाम बनाई रहेको छ बुद्ध दर्शनबाट दीक्षित र शिक्षित भएर विश्वले धेरै कुराहरू सिक्यो हिन्दु धर्ममा व्यापक अनुसंधान गरेर पश्चिमेलीहरू पूर्वीय दर्शन र विधिबाट आफ्नो जीवन पद्धतिलाई पुनर्भाषित गर्न थाले तर हामी विपरीत दिशामा विनाशतर्फ लम्कि रहेका छौँ आज हामी नेपाली हरूको परिचयनै हाम्रो धर्म भाषा साहित्य( संस्कृति, कला कोशल वीरता र प्रतिवद्धता हो हाम्रा सगरमाथा, लुम्बिनी र बुद्ध हुन हाम्रा सम्पदाहरू धर्म सभ्यता र संस्कृतिहरू तीर्थस्थलहरू ऋषि मुनिहरू पृथ्वी नारायण शाह, महाकवि लक्ष्मी प्रसाद देवकोटा पुष्पलाल प्रधान लगायत राष्ट्रीय वैभव र विभूति हरू हुन तर यि सबै विषय र सन्दर्भ हरूलाई तिलांजलि दिएर नेपाली कांग्रेस र अन्य दलका नेताहरूले के गर्न खेजेका हुन, यो नेपाली तन र मनले बुझ्न सकिरहेको छैन
तसर्थ, म आजका अगुवा बाटो हगुवा हैनन भनेस् नेपाली बाटो नेता भनाउँदा हरूलाई सविनय निवेदन र विनम्रतापूर्वक जिज्ञासा राख्न चाहन्छु
१ तिमीहरूलाई जनईच्छा र लोकचाहना विपरीत नेपाललाई धर्म निरपेक्ष बनाउने अधिकार र जनादेश कस्ले र कहिले दियो
२ यदि अन्तर्निहित जनचाहना छ भने, जनमतमा जान के को डर छ ३ धर्म निरपेक्ष भएर नेपाली जनताले पाउने लाभ, हित र उपलब्धिहरू के( के हुन ४ कुनै फारममा तिम्रो धर्म के हो भन्दा के लेख्छौ धर्म निरपेक्ष
५ धर्म निरपेक्षता भनेको के हो सापेक्ष कि विपक्ष धर्मनिरपेक्षता भनेको पेण्डुलमको अवस्थिति हैन र
६ अब नेपाल दीर्घकालसम्म पेण्डुलम भएर बस्ने अनि अन्य कुनै राष्ट्रमा विलीन हुने हो
७ कुनै पनि राष्ट्रलाई चिनाउने त्यस राष्ट्रको धर्म, भाषा, साहित्य संस्कृति, वैभव र विभूति हैनन र ८ नेपाल राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिक भत्काउने आदेश कस्ले दियो तिमीहरूलाई ९ अन्त्यमा, नेपाली जनता, मतदाता, कार्यकर्ता र नेपाली कांग्रेसका महामंत्री लगायत महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरूले हिन्दु राष्ट्रको माग गरिरहँदा तिमीहरूले किन धर्मनिरपेक्षतानै रोज्यो क कस्ले क कस्को नून खाएका छौ साम्प्रतिक राजनीति ग़लत दिशातर्फ उन्मुख छ नेपाली हरूलाई क्रमश कमजोर बनाई भाषा, धर्म कला संस्कृतिमाथि आक्रमण गरि नजानिँदो पाराले नेपाली हरूलाई निष्तेज बनाउने आन्तरिक र वाह्य खेलहरू भई रहेका छन र अहिलेको राजनैतिक नेतृत्ववर्ग फँस्दै गएको छ वर्तमान सरकार लाचार र शिथिलप्रायछ बलिवूड मूभीमा उतिखेर अमरेश पूरी फ़िल्मको उत्तरार्धमा विनाशकाल तर्फ उन्मुख हुँदा हुंकारिए झैँ अहिलेको सरकार हुंकार लगाउँदै छ तर योजना लथालिंग छ व्याप्त भ्रष्टाचार, व्यभिचार अत्याचार र बलात्कारले देश अभिष्प्त छ अत आगामी दिनहरूमा चारतारे अंकित नेपालको एकमात्र प्रजातांत्रिक पार्टी नेपाली कांग्रेस प्रतिनै नेपाली जनता कार्यकर्ता र मतदाताको आस्था र विश्वास छ तर उस्ले पनि दंभ र आत्मरति त्यागी अबको निकट भविष्यको महाधिवेशनमा जनताको भावना र चाहनालाई मुखरित गर्न सक्नु पर्छ जय नेपाल
प्रा डा दुर्गा दाहाल नेपाली कांग्रेसका प्राक्तन केन्द्रीय प्रशिक्षक र नेजस अमेरिकाका पूर्व उपाध्यक्ष हुनुहुन्छ












