प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं, असोज- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ।शनिबार बिहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटवार्ताका एजेण्डा भने जानकारी गराइएको छैन्। तर नेपालले, नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा छलफल कुराकानी हुने बताइएको छ।भेटवार्तापछि प्रचण्डले दुई घण्टा होटलमा आराम गर्ने र आजै १९ औँ एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।