पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन आयल निगमलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएका छन्। नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीले पुरानो मूल्यसूची कायम गर्न निर्देशन दिएको बताइएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन्। सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने बताइएको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो। त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो।












