असोज १८, नवलपरासी,
पश्चिम नवलपरासीमा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा बुधबार नेपाल प्रहरी श्रीमति संघ र जिल्ला प्रहरी कार्यालय नवलपरासीको आयोजनामा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
रामग्राम नगरपालिका वडा नम्बर १५ मा रहेको जनता आधारभुत विद्यालय ननईमा ९१ जना विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष लक्ष्मी कुँवरले बताउनुभयो । विद्यार्थीहरुलाई कपी, कलम लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।
कार्यक्रममा प्रहरी उपरिक्षक काजी कुमार आचार्य, स्थानिय जन प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावक गरी १ सय ५० जनाको उपस्थिति रहेको थियो ।












