प्रकाश न्यौपाने
असोज २८ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट २ मा रहेको चिसापानी चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्रमार्फत सेवा सञ्चालनमा आएको हो ।
शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गर्दै उहाले चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा निशुल्क पाउने बताउनु भयो । उहाले चिसापानी अस्पताललाई थप विशिष्टिकृत बनाउन ट्रमा सेन्टरको स्थापना गर्ने बताउनु भयो । चिसापानी अस्पतालबाट २४ सै घण्टा सेवा उपलब्ध गराउनका लागी आफुले गर्नुपर्ने सबै सहयोग गर्ने बताउदै उहाँ भन्नुहुन्छ – ‘ट्रमा सेन्टर बनाउन यँहि कै केहि नेताहरु लागेको देख्दा म आफै लज्जित बनेको छु । तर यो मेरो प्रतिवद्धता हो कि म बनाएरै छोड्छु ।’
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भु श्रेष्ठले चिसापानी अस्पतालको सेवा विस्तार र सुधारमा चौधरी फाउण्डेसनले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाले भन्नुभयो, ‘ बर्दघाट नगरपालिका सिमित श्रोत र साधनका बाबजुत पनि नगरबासिलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन लागि परेको छ ।” सबै सरोकारवालहरुको साथ, सहयोग र सहकार्यबाटै बर्दघाट नगरको स्वास्थ्य क्षेत्रको परिवर्तन सम्भव नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
चिसापानी अस्पतालबाट देशभरका हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हात खुट्टाको सेवा पाउने चौधरी फाउण्डेसनले जनाएको छ । कृत्रिम हात खुट्टा राख्नकै लागी नारायण गढ, काठमाडौ जानु पर्ने बाध्यता हट्ने देखिन्छ ।












