सबलपोष्ट । बुटवल,२९ असोज । रुपन्देही उद्योग संघको नयां नेतृत्वका लागि आज चुनाव हुंदैछ । अध्यक्ष सहित पदाधिकारी र सदस्य गरी १४ पदमा निर्विरोध भएपनि १५ पदमा चुनाव हुने भएको हो । चुनाव हुने पदमा एमाले र कांग्रेस निकट उद्योगीहरुको उउटा प्यानल र माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,एकीकृत समाजवादी लगायत दलहरु निकट उद्योगीको अर्को प्यानल खडा भएको छ । द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री र माया खनाल,कोषाध्यक्षमा युवराज आचार्य र सुरेन्द्र ज्ञवाली,सचिवमा सुमन बस्याल र कमल ज्ञवाली,सहकोषाध्यक्षमा विशाल बेल्बासे र प्रेमबहादुर आलेबीच चुनाव हुने भएको छ । यस्तै २ महिला सदस्यमा मिना थापा तुलाधर,शारदा भट्टराई र शारदा पहारीको उम्मेदवारी परेको छ । खत्री, आचार्य र बस्याल एमाले निकट हुन् भने बांकी माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी निकट उद्योगीको प्यानलका हुन् ।
यस्तै ८ जना खुल्ला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ ।जसमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानलबाट ८ जना र माओवादी,राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी निकट उद्योगीको प्यानलबाट ५ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षमा दिलिप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले,महासचिवमा हिरामणि भट्टराई,महिला सचिवमा मन्जु भुसाल भने निर्विरोध निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् ।यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु,आजीवन सदस्यमा माधवप्रसाद नेपाल,संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल,बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल,बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे,तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य,सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।












