इजरायलमा श्रम स्वीकृति बन्द

प्रकाशित मिति:

काठमाडौं, असोज – हमास–इजरायल द्वन्द्व चर्किएपछि नेपाल सरकारले जरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ।एक साताअघि हमासले अचानक इजरायलमा ठूलो आक्रमण गरेपछि सुरु भएको हमास–इजरायलबीचको द्वन्द्व थप चर्किएपछि जोखिम बढेको भन्दै सरकारले इजरालयको श्रम स्वीकृति बन्द गरेको हो। इजरालय नेपालीका लागि आकर्षक रोजगारीको गन्तव्य थियो।

वैदेशिक रोजगार विभागले इजरायलका लागि श्रम स्वीकृति दिने काम अनिश्चितकालका लागि बन्द भएको जनाएको छ। विभागले श्रम स्वीकृति लिइसकेर उडानको मिति तय भइसकेकालाई पनि इजरायल जान रोक लगाएको छ।अध्यागमन विभागले ट्राभल एडभाइजरी जारी गर्दै विभिन्न प्रयोजनमा इजरायल प्रस्थान गर्ने तयारीमा रहेका सबै नेपाली नागरिकलाई इजरायल भ्रमणको योजना स्थगित गर्न आग्रह गरेको छ। जारी द्वज्द्वमा परी नेपाली नागरिकले समेत ज्यान गुमाउनु परेको भन्दै विभागले यस्तो एडभाइजरी जारी गरेको हो। हमासले इजरायलमा आक्रमण गर्दा कृषि अध्ययन गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।