माउन्टेन साहाराद्धारा क्यानडामा बिधार्थीमाझ शुभकामना तथा बनभोज सम्पन्न

प्रकाशित मिति:

बुटवल ।माउन्टेन साहाराले क्यानडामा रहेका नेपाली बिधार्थीमाझ बिजयादशमीको अबसर पारेर शुभकामना आदान प्रदान तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बिदेशमा बसेपनी नेपालीपन र चाडपर्वको सम्झना स्वरुप पहिलोपटक यस्तो कार्यक्रम सम्पन्न गरेको माउन्टेन साहाराका आलोक भटराइले जानकारी दिए ।

क्यानडाको ब्रिटिस कोलेम्बियाको भेन कुबरमा आयोजीत कार्यक्रममा झन्डै एक सय नेपाली बिधार्थीहरुको सहभागीता रहेको नेपाली युवा उधमी कुमार खरेलले बताए । माउन्टेन साहारा एजुकेशन हबद्धारा आयोजीत कार्यक्रमको संयोजन युवा उधमी आलोक भटराइ र कुमार खरेलले गरेका थिए । साहाराले बिगत लामोसमयदेखी शैक्षीक क्षेत्रमा काम गर्दै आइरहेको छ । बिशेषगरी क्यानडा, अस्टेलीया, अमेरीका,बेलायत, कोरीया पढ्न जान चाहाने बिधार्थीहरुलाइ लक्षीत गरेर सेवा प्रदान गरिरहेको छ ।