पूर्वराजा ज्ञानेन्द्र शाहको हातबाट टीका लगाउन सर्वसाधारणको भिड

प्रकाशित मिति:

काठमाडौं, कात्तिक – पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई दशैको टीका लगाइदिएका छन्। मंगलबार अपरान्ह ४ बजेबाट निर्मल निवास टीका लगाउन इच्छुकका लागि खुला गरिएको थियो। पूर्वराजा शाहको हातबाट टीकाप्रसाद ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम देखिन्थ्यो। उनले वर्षेनि सर्वसाधारणलाई टीका लगाइदिँदै आएका छन्।