प्रशिक्षण कार्यक्रम

प्रकाशित मिति:

भैरहवा । हिन्दु स्वयम सेवक संघ नेपालले रुपन्देहीमा प्रशिक्षण कार्यक्रम गरेको छ । युवालाई आफ्नो देशको धर्म, संस्कृति संरक्षण र रक्षाका लागि उजागर गर्ने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ मधवलीयामा आवासीय सात दिने कार्यक्रम गरेको हो । हिन्दु संस्कार र त्यसमा रहेको गुणबारे जानकारी गराउने उद्देश्यले कात्तिक ११ गते देखि १८ गते सम्म कार्यक्रम चलिरहेको छ । रुपन्देही जिल्लाका ३८ जना प्रशिक्षार्थीलाई २१ विषयवस्तुमा प्रशिक्षण गरिएको छ ।

बालबालिकाहरुमा हिन्दु धर्म संस्कार र अनुसासनको बारेमा ज्ञानबोध गराउनको लागि कार्यक्रम आयोजना गरिएको जिल्ला संघचालक गोकुल पोखरेलले बताए ।सनातन धर्मप्रति खस्किँदै गएको निष्ठालाई जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम गरेको बताउँदै हिन्दु धर्मको संरक्षण गर्नु मुख्य जोड रहेको तिलोत्तमा नगरपालिकाका संघचालक सुधिर गुरुङले बताए । प्रशिक्षणको छौठौं दिन शुक्रबार शान्तिपूर्ण ¥याली निकालेको छ । सञ्जिवनी शिक्षा सदन स्कुलबाट निकालिएको ¥याली कोटिहवा, जुडाडाँडा मधवलीया हुँदै पुनः सञ्जिवनी शिक्षा सदन पुगेर समापन भएको थियो ।