सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि ६ जना सिफारिस

प्रकाशित मिति:

काठमाडौं, मंसिर – न्याय परिषद्को मंगलबार बसेको वैठकले सर्वोच्च अदालतमा ६ जना न्यायाधिश नियुक्तका लागि सिफारिसको निर्णय गरेको छ।परिषद् स्रोतले जनाएअनुसार सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशका लागि नियुक्ति सिफारिस गरेको हो।

सुवेदी, पौडेल, ढुंगाना र मुसलमान उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन्। न्यायाधीशमा सिफारिस भएका व्यक्तिको नाम सुनुवाइका लागि संसदीय सुनुवाइ समितिमा पठाइनेछ। समितिले अनुमोदन गरेपछि मात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।