रास्वपाको उपसभापतिमा स्वार्णिम वाग्ले

प्रकाशित मिति:

काठमाडौं, मंसिर – सांसद स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनेका छन्। महोत्तरीको जलेश्वमार जारी बैठकले वाग्लेलाई उपसभापति बनाएको छ। उनी गत उपनिवार्चनमा तनहु क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उपनिर्वाचनमा कांग्रेसले टिकट नदिएपछि रुष्ट बनेका उनी रास्वपा प्रवेश गरेका थिए।

अब रास्वपामा वाग्ले र डिपी अर्याल गरी दुई उपसभापति रहनेछन्। बैठकले सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन गरेको छ।संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिँदा कोषाध्यक्ष लिमा अधिकारी, सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई चनय गरेको छ। महामन्त्रीमा मुकुल ढकाल र प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियारले निरन्तरता पाउँदा सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई चुनिएका छन्।