चितनव, मंसिर – नेपाली कांग्रेसका नेता तथा सांसद डा। शेखर कोइरालाले अहिले सबैभन्दा ठूला मिटरब्यापी बैंकहरु भएको बताएका छन्। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले यस्तो बताएका हुन्।देश आर्थिक रुपमा अप्ठ्यारोमा रहँदा पनि बैंकहरु नभएको भन्दै बैंकहरु सबैभन्दा ठूला मिटरब्याजी भएको उनको भनाई थियो। नेता कोइरालाले आफूले यस्तो भन्दा बैंकरहरु अहिले आफूसँग रिसाएको पनि बताए।
सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, तर बैंकहरु फस्टाइरहेको छन्, बोनस बाँडिरहेको छन्, यो कसरी हुन्छरु,’ कोइरालाले प्रश्न गरे। उनले सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको बताए।नेता कोइरालाले बैंकहरुले किसानलाई कृषिका लागि बैंकले ऋण नदिने भन्दै अर्वपति कृषिमा लगानी गर्छुभन्दै बैंक गए तुरुन्दै ऋण दिने उल्लेख गरे। उनले बैंकहरुले चिनजानका आधारमा ऋण दिने गरेको आरोप पनि लगाए।चितवनमा कांग्रेसको अवस्था खस्किँदै गएको भन्दै उनले चिन्ता व्यक्त गरे। टोलमै कांग्रेस–कांग्रेसबीच बोलचालसमेत हुन छाडेको भन्दै व्यक्तिवादी चरिचत्र हावी भएकाले कांग्रेस खस्किएको बताए। यस्तो हुनुमा केन्द्रकै दोष रहेको पनि उनले बताए।












