नवलपरासीमा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण सम्पन्न

प्रकाशित मिति:

प्रकाश न्याैपाने

पौष ६ गते
नवलपरासी । पश्चिम नवलपरासी जिल्लामा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । फेयर मेड फाउण्डेसन नेपाल र ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चनगर नवलपरासीले जिल्लामा संचालित आधारभूत स्वास्थ्य परियोजनाको समाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको हो ।


ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चनगरका अध्यक्ष कर्दम कुमार क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख यादवले पालिकासंग समन्वय गरि कार्यक्रम गर्ने जोड दिनु भयो । उहाले भन्नुहुन्छ -” परियोजनाले पालिकाको स्वास्थ्य शाखाको समन्वय र सहकार्य गरि प्रभावकारी रुपमा संचालन गर्नु पर्छ ।” परियोजनाबाट कुन पालिकाबाट कति कति नागरिकगरु लाभान्वित हुनु यो सो को विवरण आगामी दिन तथ्याक सहित आउनु पर्ने यादवको भनाइ छ।


बर्दघाट नगरपालिका नगरप्रमुख शम्भुलाल श्रेष्ठले संस्थाले समाज परीर्वनतको लागि महत्त्वपूर्ण योगदान गरेको बताउनु भयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको श्रेष्ठको भनाइ छ ।


फेयर मेड फाउण्डेसन नेपालकाे साझेदारीमा ईन्द्रेणी सामाजिक बिकास मञ्चकाे आयोजनामा सन्चालित जिल्लाको सात वटा स्थानिय तहहरु कृष्ठ रोग , हात्ती पाइले, डेगु, सर्पदश रेबिजलगायतका रोगबाट बिशेष गरी गरिब सीमाकृन्त, पिछाडीको बस्तीमा बसोबास गर्ने क्षेत्रमा कार्यक्रम संचालन गरिरहेको परियोजनाका सयोजक पुष्पराज अचार्यले जानकारी दिनुभयो ।  सन २०१९ देखी फेयर मेड फाउन्डेशन नेपाल र ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चनगर नवलपरासीले आधारभूत स्वास्थ्य परियोजना सञ्चालन गरी उपेक्षित प्रदेशीय रोगबाट प्रभावित व्यक्ति र समुदायलाई सचेत गराउदै आएको आचार्यको भनाइ छ ।


परियोजनाले उक्त रोगहरुको रोकथाम निदान पहिचान र उपचार व्यस्था लागि काम गदै आएको छन भने अपाडता भएका क्षमता अभिबृद्धी तथा जिवीकोपार्जन र मातृशिशु स्वास्थ्य प्रबद्र्धन स्वास्थ्य प्राणली सुधारको क्षेत्र काम गर्दै आएको बताउदै लक्षित बर्गको समेत प्रतिक्रिया सम्बोधन सुझाव संकलन गरिएको ईन्द्रेणी सामाजिक बिकास मञ्च पञ्चनगर अध्यक्ष कर्दमकुमार क्षेत्रीले बताउनु भयो ।


परियोजनाको ७१ लाख बजेट रहेकोमा ६८ लाख ८७ हजार स्वास्थ्य क्षेत्रमा खर्च गरेको छ । वाँकि रहेकाे बजेट पनि डिसेम्वर सम्म खर्चहुने लेखा अधिकृत दधिराम पाैडेलले जानकारि दिनु भयो ।