जिपी कोईराला फाउन्डेशन अमेरीकाका पहिलो नेपाली अमेरिकन अध्यक्ष सोमनाथ घिमीरे न्युयोर्कमा सम्मानित
न्युयोर्क – न्युयोर्कको जमैका हिलसाईड स्थित ताजमहल पार्टी प्यालेसमा अमेरिकाकै साउथ ऐसियन सुदायको सबै भन्दा पुरानो न्यु- अमेरिकन डेमोक्रेटिक क्लब, न्यु अमेरीकन युथ फोरम र न्यु अमेरिकन ओमेन्स फोरमद्वारा संयुक्तरूपमा आयोजित विशेष कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका महानुभावहरूलाई सम्मानित गरीयो।
उक्त अवसरमा जिपी कोईराला फाउन्डेशनका अध्यक्ष श्री सोमनाथ घिमीरेलाई “साउथ एशियन एक्टिभिष्ट अफ द एअर” (South Asian Activist of the Year) शिर्षकमा सम्मानित गरिएको थियो। घिमीरेले फाउन्डेशनमार्फत समाजमा पुर्याएको योगदान र अमेरिकामा दक्षिण एसियाली समुदायमा शान्ति र प्रगतिको साथ विविधतामा एकताको पुल निर्माण गरेकोमा उच्च कदर गर्दै वहाँलाई सम्मानित गरीएको आयोजक संस्थाका अध्यक्षहरू क्रमशःमोर्सद आलम,रूवीयन रहमन् र आहानाफ आलमले बताउनुभयो। अध्यक्ष घिमिरे पश्चिम अफ्रिरी देश घाना मा मानवीय पुरस्कार ग्लोबल ले सम्मान गरेपछि यो सम्मान पाउने पहिलो नेपाली अमेरिकन हुन।
अमेरीकी संसद वासिंगटन् डिसीकालागी न्युयोर्कबाट निर्वाचित कांग्रेसमेन ग्रेस मिंगले घिमीरेलाई छुट्टै सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको थियो। सो कार्यक्रममा प्रमुख अतिथी माननीय कंग्रेसओमेन ग्रेस मींग न्युयोर्कका सिनेटर ज़ोन लु, लेरोय काम्री, न्यु योर्कका ऐसेम्बली मेम्बर क्रमश: स्टिभन रागा, जोहरन मम्दानी र अलिसीया हाईन्डमान, न्यु-योर्क शहरको काउन्सिल मेम्बर क्रमश: शेखर कृष्णन, लिण्डा लि र सान्ड्रा आगं लगायत दर्जनौं निर्वाचित पदाधिकारिहरूको उपस्थिती रहेको थियो।
अमेरिकी नेपाली, वंगलादेशी, भारतीय, पाकिस्तानी, श्री लंकान भुटानिस र अफगानी र गायनीज लगायत दक्षिण एशियाई मुलुकका समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको जमघटबीच साँझ करीब ११ बजेसम्म संचालित सो कार्यक्रममा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता रामचन्द्र अधिकारी, सदस्यहरू राजीव बतास, शेखर कार्की, गीता अधिकारी, कवि र साहित्यकार कमला प्रशांई, बाल कवि कविन बिक्रम शाह, समाजसेवीहरू कमला पन्त, किरण पौडेल, पुर्व सांसद विजुल विश्वकर्मा, वरीष्ट कलाकारहरू नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष नीशा सुनार, नेपाली अमेरिकन कलाकार संघकी वरिष्ट उपाध्यक्ष वसन्ती राई, वरिष्ट लोक गायिका संगीता थापामगर, वरिष्ट लोक गायक बिमल डांगी, वरिष्ट हास्यकलाकार महादेव त्रिपाठी, १८ औं पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स विजेता पार्कर दिनेश सुनार, गायक सुवर्ण शाक्य लगायत दर्जनौं नेपाली समाजिक अभियन्ता तथा कलाकारहरूको उपस्थिती रहेको थियो। फिलीपिनो नृत्य र नेपाली नृत्य एवं प्रहशनद्वारा कलाकारहरूले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिनुका साथै नेपालको मौलिक कला र संस्कृतिले कार्यक्रमलाई थप रोमांचक बनाएको थियो।












