काङ्ग्रेसका सभापति ,महामन्त्री लगाएतका नेता हरु स्याङ्जा आउने

प्रकाशित मिति:

नेपाली काङ्ग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा सहित करिब एक दर्जन नेता स्याङ्जा आउने भएका छन् ।
नेपाली काङ्ग्रेस स्याङ्जाकाे माघ १० गते स्याङ्जनामा हुन लागेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न केन्द्र बाट करिब एक दर्जन नेता आउने तयारी रहेको नेपाली काङ्ग्रेस स्याङ्जाका सचीव दामोदर लम्सालले जानकारी दिनुभयो ।

सम्मेलनमा सभापति देउवा,उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापा,विश्वप्रकाश शर्मा लगायतका नेताहरू आउने कार्यक्रम रहेको छ ।स्याङ्जा सिटी हलमा आयोजित सम्मेलनमा आयोजित कार्यक्रमका लागि काङ्ग्रेसले विभिन्न उपसमिति गठन गरेको छ ।माघ २ र ३ गते भएको काङ्ग्रेस स्याङ्जाको बैठकले सम्मेलनको तयारी ठोस गरेको हो ।