राष्ट्रिय मा.वि. छिवनीमा स्वीटर र ट्रयाक वितरण

प्रकाशित मिति:

माघ ४, नवलपरासी,
राष्ट्रिय माध्यामिक विद्यालय सुस्ता १, छिवनी फेचुहामा गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्वीटर तथा ट्रयाक सुट वितरण गरिएको छ ।


कक्षा १ देखि १० सम्म अध्ययनरत ७ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्वीटर वितरण गरिएको विद्यालयका प्राध्यानाध्यापक अर्जुन प्रसाद पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार लक्ष्मी ग्यारेन्टी तथा कस्मेटिक्स पसल बर्दघाटका सञ्चालक लक्ष्मी पाण्डे र भिम पाण्डेले स्वीटर र ट्रयाक सुट सहयोग गर्नुभएको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज गैरे, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम सुवेदी र प्रध्यानाध्यापक पाण्डेले विद्यालयका गरिब विद्यार्थीलाई सम्झेर सहयोग गर्नुहुने पाण्डे दम्पतिलाई खादाले सम्मान व्यक्त गर्नुभएको छ ।


कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक तारा प्रसाद न्यौपानेले गर्नुभएको थियो ।