राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेसले सबै जिल्लामा आयोजना गर्ने कार्यक्रमका लागि पार्टीले जिल्ला खटाएका नेताहरु तोकिएका जिल्लामा गएका छन् । नेपाली काङ्ग्रेसले यही १६ गते सोमबार मेलमिलाप दिवसको अवसरमा देशभर आमसभा, गोष्ठी, र्याली, कोणसभालगायत कार्यक्रम गर्ने तयारी गरेको छ भने ती कार्यक्रमहरुका लागि केन्द्रीय नेताहरुलाई खटाएको छ ।
केही नेताहरु सोमबारै काठमाडौंबाट जाने समेत बुझिएको छ ।दिवसलाई प्रभावकारी बनाउन काङ्ग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएपनि केही नेताहरु विभिन्न कारणले जिल्लागत कार्यक्रममा जान नसक्ने भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश पंगेनीले जानकारी दिए ।












