नवलपरासीको सुनवलमा बस र टिप्पर ठिकिदा १७ जना घाईते

प्रकाशित मिति:

प्रकाश न्यौपाने

माघ १९ गते
नवलपरासी  । पश्चिम नवलपरासीको सुनवल ४ गैरे पेट्रोल पम्प नजिक अल्कत्रेडाडाँमा भएकाे सवारी दुर्घटनामा १७ जना घाइते भएका छन् ।


 गएराति साे ठाउँ स्थित पुर्व पश्चिम राजमार्गमा काठमाण्डौबाट बाजुरा तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ख ३४८० नं. को बसलाई बिपरित दिशा बुटवलबाट सुनवल तर्फ आउदै गरेको लु २ ख १६९६ नं. को टिप्पर एक आपसमा ठक्कर खाँदा बसमा सवार अं. ३५ जना मध्ये बस चालक सहित १७ जना घाईते भएका हुन् ।


घाइतेहरूमा बस चालक जिल्ला कैलाली चुरे गा.पा. ४ बस्ने वर्ष अं. ३९ को कर्ण बहादुर सावदको टाउको र कम्मरमा चोट लागेकाे अवस्था मध्यम ,. जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -१२ नयां बस्ने वर्ष अं. ३४ को गिरिराज भुसालको टाउकोमा चोट लागेकाे अवस्था मध्यम , जिल्ला कञ्चनपुर बेलौरी न.पा.-१० बस्ने वर्ष अं. २५ को सुनिल पालको टाउको र शरीरको बिभिन्न भागमा चोट लागेकाे अवस्था मध्यम,जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका -४ बस्ने वर्ष अं. १६ को सुजन बुरलाकोटीको हात खुट्टामा चोट लागेकाे अवस्था सामान्य ,जिल्ला बाजुरा कोल्टी न.पा.-९ बस्ने वर्ष अं. ४० कि (महिला) राजु थापाको बायां खुट्टाको तिघ्रामा चोट, अवस्था सामान्य ,निजको छोरा वर्ष अं. १६ को लक्ष्मण थापाको दाहिने हात र घुडामाको चोट ,अवस्था सामान्य , निजको छोरा बर्ष अं. ३ को सुनिल थापाको हात खुट्टामा चोट अवस्था सामान्य रहेकाे छ ।


त्यसैगरी जिल्ला नवलपुर देवचुली न.पा.-१२ गैडी बस्ने वर्ष अं. ३२ को प्रकाश न्यौपानेको टाउकोमा चोट अवस्था सिरियस ,गएराति ज देवदह मेडिकल कलेज भलुहीबाट बुटवल चौराह हस्पिटल रुपन्देही रिफर गरिएकाे ,जिल्ला बर्दिया मधुबन न.पा.- ७ बस्ने वर्ष अं. २५ को बिनोद थापाको भित्री छातीमा चोट अवस्था मध्यम , जिल्ला नवलपरासी सुनवल न.पा.- ८ बस्ने वर्ष अं. ६३ को बलराम उबरकोटीको बांया हातमा चोट अवस्था सामान्य , निजको छोरा वर्ष अं. ३० को बलदिप नेपालीको टाउको सुन्निएको अवस्था मध्यम,निजको छोरा वर्ष अं. ३९ को भुपाल नेपालीको दाहिने हातमा चोट अवस्था सामान्य रहेकाे छ ।
त्यसैगरी जिल्ला बाजुरा हिमाली गा.पा.-७ बस्ने वर्ष अं. ६० कि टिकादेवी सन्यालको टाउको र छाथिमा चोट अवस्था मध्यम , लुम्बिनी प्रादेशिक अस्तपाल बुटवल रुपन्देहीमा उपचार भईरहेको , बाजुरा बुढीनन्द न.पा.-१ बस्ने वर्ष अं. ५१ को खडकराज गिरीको दाहिने कुममा चोट अवस्था सामान्य ,निजको श्रीमती वर्ष अं. ४५ कि चन्द्र गिरीको हात खुट्टामा चोट अवस्था सामान्य रहेकाे छ ।


त्यसैगरी बाजुरा दुर्गाथली गा.पा. -४ बस्ने  वर्ष अं. २९ को किशोर भण्डारीको खुट्टामा चोट अवस्था सामान्य , बाजुरा गौमुल गा.पा. -६ बस्ने वर्ष अं. १८ को महेश रोकायको दुबै हात खुट्टामा चोट अवस्था सामान्य रहेकाे छ ।


 टिप्पर चालक  नवलपरासीकाे सुनवल न.पा. १० गैडाखाल बस्ने बर्ष अं. २८ को सुनिल दर्जी   र बस चालक दुवैलाई नियन्त्रणमा लिइएकाे प्रहरी नायव उपरीक्षक एवम सुचना अधिकारी  रेशम बाेहराले जानकारी दिनुभयो ।