प्रकाश न्यौपाने
माघ १९ गते
नवलपरासी । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल( जिसन) नवलपरासीद्धारा आधारभुत तह स्तरीय ‘स्पेलिङ्ग बी’ प्रतियोगितामा सुनवल ४ मा रहेको सुनवल लोटस सेकेण्डरी स्कुल प्रथम भएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा सुनवल ७ मा अवस्थित अन्नपुर्ण इंग्लीस सेकेण्डरी स्कुलले दास्रो स्थान, विद्या सागर सेकेण्डरी स्कुल सुनवल १२ ले तृतिय स्थान भने सुनवलकै सुनवल युनाइटेड सेकेण्डरी स्कुलले शान्तवना स्थान हासिल गरेको कार्यक्रम संयोजक चोलाकान्त रेग्मीले जानकारी दिनु भयो ।
कार्यक्रममा जिसनका सल्लाहकार एब कार्यक्रमका प्रमुख अतिथि इन्द्र गुरुङले जिसनले बिगत देखी नै विद्यार्थी केन्द्रिय कार्यक्रम गर्दै आएको बताउदै विद्यार्थी केन्द्रिय कार्यक्रमले विद्यार्थीका प्रतिभा प्रस्फुटनमा सहयोग पुर्ने बताउनु भयो । जिसन नवलपरासीका सल्लाहकार सन्तोष रौनियार र पुर्व अध्यक्ष धनराज चापागाईंले जिसनले बिगत देखी नै विभिन्न कार्यक्रमहरु गर्दै आएको र यस्ता कार्यक्रमले विद्यार्थीहरुको ज्ञान वृद्धि हुने बताउनु भयो ।
जिसनका वरिष्ठ उपाध्यक्ष थमन शेरचनको स्वागत, सचिब यज्ञ न्यौपानेको संचालन रहेको कार्यक्रममा जिसन नवलपरासीका अध्यक्ष डम्बरबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । प्रतियोगितामा जिसनमा आवद्ध २४ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।
प्रतियोगिताको सहजीकरण शिक्षक मेघराज अधिकारी, मनोज लामिछाने र अनिल अधिकारिले गर्नु भएको थियो ।












