बर्दघाटका सामुदायिक विद्यालयमा प्रबिधिमार्फत कक्षा शिक्षण

प्रकाशित मिति:

प्रकाश न्यौपाने

माघ २३ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा प्रबिधिमार्फत शिक्षण सिकाइ सुरु गरिएको छ । पछिल्लो समय प्रविधी मैत्री शिक्षालाई जोड दिदै बर्दघाट नगरपालिकामा डिजिटल प्रविधिबाट कक्षा शिक्षणको सुरुवात गरेको हो ।


संविधान सभा सदस्य बिक्रम खनालको प्रबिधिको बिकाससगै उच्चतम रुपमा सहि प्रयोगले विद्यार्थीको सिकाइ प्रभावकारी हुने बताउनु भयो । ” विद्यार्थीहरुको सिकाइसंगै मनोबल समेत बढ्ने हुदा मस्तिष्कले डिजिटल कुरालाई चाडो स्मरण गर्ने हुदा सिकाइ प्रभावकारी हुन्छ ।” खनालले भन्नुहुन्छ ।


बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठले गुणस्तरीय शिक्षाका निम्ति पनि डिजिटलाईज हुनु प्रभावकारी हुने बताउनु भयो । हरेक क्षेत्रमा प्रविधी अब अपरिहार्य जस्तै बनेको हुदा खोज अनुसान्धानका लागि पनि डिजिटल प्रविधि मार्फतको पठनपाठन सहज हुने श्रेष्ठले बताउनु भयो ।प्रविधिले समयको बचत सगै एकै ठाउँबाट थुप्रै बिषयगत पाठ्यक्रमका बारेमा विद्यार्थीलाई ज्ञान हासिल गर्न  उचित हुने बताउदै नगरपालिकाले आगामी दिनमा नगरका सबै विद्यालयहरुलाई क्रमश प्रविधिमैत्री बनाउदै लगिने उल्लेख गर्नु भयो ।


बर्दघाट नगरपालिका वडा नम्बर १२ जहदामा रहेको नित्यानन्द रत्नकुमारी माध्यामीक विद्यालयकाहरुबाट सुरु गरिएको डिजिटल बोड प्रभाबकारी पाइएको विद्यालयका प्राध्यानाध्यापक बिश्वराज भट्टराईले बताउनु भयो । ” अहिले हामीले २ वटा डिजिटल बोड पाएका छौं । कक्षा ८ र ९ का विद्यार्थिलाई डिजाटल बोडबाट कक्षा शिक्षण गरेका छौं । भट्टराईले भन्नुभयो ।

कक्षा ८ र ९ का करिब १ सय विद्यार्थीहरुमा प्रयोग गरिएको डिजिटल बोड प्रभाबकारी  देखी प्रबिधि मैत्री सिकाइको सुरुवात गरिएको छ । विद्यार्थीहरुको शिक्षण सिकाईलाई प्रभावकारी बनाउन डिजिटल बोर्डसहित कक्षा सुरु गरिएको हो । प्रविधी मार्फतको पठनपाठनले बिद्यार्थीमा थप हौसला थपिएको विद्यालयका शिक्षकहरुको भनाई छ ।