माघ २४, नवलपरासी
बर्दघाट १० मा रहेको ग्लोबल एकेडेमीको वार्षिकोत्सबको अवसरमा सास्कृतिक झलक र पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरीएको छ ।
बुधबार विद्यालयको १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवाशिय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय सचिव सुवर्ण न्यौपानेले ग्लोबल एकेडमीका विद्यार्थीहरुको नतिजा अब्बल भएको बताउनु भयो । छोटो समयमा विद्यालय पश्चिम् नवलपरासीको शैक्षिक ताराको रुपमा उदाउन सकेको भन्दै न्यौपाने आगामी दिनका लागि थप प्रगतिको सुभकामना व्यक्त गर्नुभएको थियो ।
प्याब्सनका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले ग्लोबल एकेडेमी अब्बल दर्जाको विद्यालय रहेको बताउनुभयो । नवलपरासीमा निजि विद्यालयले संस्कार सहितको शिक्षालाई सार्थकता दिनको लागि कला, भाषा र संस्कृतिलाई संगसंगै जोडेर कक्षा कोठामा प्रस्तुत गरेको पौडेलको भनाइ छ ।
ग्लोबल एजुकेसन एन्ड रिसर्च सेन्टरका अध्यक्ष यज्ञ प्रसाद खनालले १५ वर्षको अवधिमा विद्यालयले गुणात्मक फड्को मार्न सफल भएकोमा विद्यालयसँग सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । गुणस्तरीय शिक्षा नै ग्लोबल एकेडमीको पहिचान रहेको र त्यसलाई विद्यालयले निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापहरुमा विभिन्न स्थान हासिल गर्ने तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुबाट निर्मीत शैक्षिक सामाग्री, विभिन्न जात जातिहरुको पहिचान झल्कने पोसाकलगायत विद्यार्थीहरुले जातजाति र पेसागत परिचय, विद्यार्थीहरुका सास्कृतिक झलक, अभिभावक नाचलगायतको प्रस्तुति रहेको थियो ।
विद्यार्थी, अभिभावकहरुको उपस्थिती रहेको कार्यक्रमको संचालन विद्यालयका शिक्षक रमेश बस्यालले गर्नुभएको थियो ।












