परियोजनाका कर्मचारीलाई पैरवी तथा जनमुखी शिक्षा बारे तालिम

प्रकाशित मिति:

श्याम थापा- बुटवल ,आधारभुत स्वास्थ्य परियोजनाका कर्मचारीहरुको क्षमता अभिबृद्दीको लागि तथ्यमा आधारित पैरवी तथा जनमुखी शिक्षा सम्बन्धि ४ दिने तालिम रुपन्देही जिल्लाको होटल पौवामा सम्पन्न भएको छ । फेयर मेड फाउन्डेसन नेपाल,कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तु,इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नवलपरासी र इन्द्रेणी ग्रामीण बिकास केन्द्र बुटवल रुपन्देहीको संयुक्त आयोजनामा भएको तथ्यमा आधारित पैरवी तथा जनमुखी शिक्षा बारे तालिममा कपिलवस्तु,नवलपरासी र रुपन्देही गरि ३ जिल्लाका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

आधारभुत स्वास्थ्य परियोजना सन २०१९ देखि लुम्बिनी प्रदेशको कपिलवस्तु,नवलपरासी र रुपन्देही गरि ३ जिल्लामा स्वास्थ्य क्षेत्र अन्तर्गत उपेक्षित उष्ण प्रदेशिय रोग निवारण,स्वास्थ्य प्रणालीमा सुधार,नवजात शिशु तथा मातृत्व मृत्युदर कम गराउने,खानेपानी तथा सरसफाइ सम्बन्धि र अपाङ्गता तथा लैङ्िगक समावेशी सम्बन्धि बिषय निर्धारण गरि काम गर्दै आइरहेको छ ।परियोजनामा आबद्ध रहेका कर्मचारी र परियोजना संचालन गर्ने साझेदार संस्थाका कार्यसमितिका केहि पदाधिकारीहरुलाई परियोजनाले लिएको लक्ष्य र उद्देश्यलाई प्राप्तिका लागि समुदायबाट नै जनमुखी शिक्षा संचालन गरि समुदायलाई तथ्यमा आधारित पैरवी गराउन उत्प्रेरित कसरी गराउन सकिने विधि र तरिकाको क्षमता बिकास हुने उद्देश्यले तथ्यमा आधारित पैरवी तथा जनमुखी शिक्षा बारे तालिमको आयोजना गरिएको फेयर फाउन्डेसन नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख शशिलाल कर्णले बताएका छन् ।

फेयर मेड फाउन्डेसन नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख कर्णका अनुसार हामी गैरसरकारी संस्था भनेको राज्यको सहयोगीको रूपमा रहेको र समुदाय र राज्य बिचको सम्बन्धमा भएको अन्तरलाई कसरी कम गर्ने र राज्यलाई समुदाय तथा नागरिक प्रती जवाफदेहि तथा उत्तरदायी बनाउन भुमिका खेल्ने काम रहेको हुदा समुदायलाई एक किसिमको जनमुखी शिक्षा प्रदान गराई आफुले पाउने सेवालाई उपभोग गराउनको लागि जसको सवाल उसैको नेतृत्व भने जस्तै समुदायलाई सवाल र समस्या प्रती भोक जगाउने काममा परियोजनाको कर्मचारीहरुलाई यो तालिमले ज्ञान तथा सिकाई हुने उनले बताए ।त्यसैगरी तालिमको सम्पुर्ण जिम्मेवारी गरेका फेयर मेड फाउन्डेसन नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलका साझेदार तथा स्वास्थ्य सुशासन विशेषज्ञ तुलसीराम खनालले तालिम एउटा सिकाईको प्रक्रिया हो मानिस कहिले पनि सिकाईबाट पुर्ण नहुने र तालिममा सिकेको कुरालाई व्यवहारमा ल्याउने कुरालाई महत्त्व राख्ने भएको कारण तालिममा सहभागी भएका सम्पुर्ण सहभागीहरुले आ आफ्नो व्यवहारमा लागू गरि समुदाय परिचालनमा भुमिका खेल्नुपर्ने आग्रह गरेका छन् ।

चार वटै साझेदार संस्थाको प्रतिनिधित्व हुनेगरी ४ दिन सम्म संचालन भएको तालिमको एक कार्यक्रम गरि समापन गरिएको थियोे । समापन कार्यक्रममा फेयर मेड फाउन्डेसन नेपाल बुटवलका प्रमुख शशिलाल कर्णको अध्यक्षयता र कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिलवस्तुका अध्यक्ष रामेन्द्र सिंह रावल,इन्द्रेणी सामाजिक बिकास मञ्च नवलपरासीका अध्यक्ष होमराज कुवर र इन्द्रेणी ग्रामीण बिकास केन्द्र रुपन्देहीका अध्यक्ष महेन्द्र पाण्डेको अतिथ्यतामा तालिमको समापन गरिएको थियो । सो तालिममा नवलपरासी,कपिलवस्तु र रुपन्देही गरि ३ जिल्लाबाट करिब ४० जनाको सहभागिता रहेकोे थियो भने तालिमको सहजीकरण सन्तोष शर्मा र हरि प्रसाद घिमिरेले गरेका थिए ।