कांग्रेसमा धर्मबारे छलफल नभएको सहमहामन्त्री महतको दावी

प्रकाशित मिति:

पुस १५, इलाम– नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले धर्मको बारेमा पार्टीमा कुनै किसिमको प्रस्ताव नआएको र छलफलसमेत नभएको बताएका छन् ।
इलाम सदरमुकाममा पत्रकारसँग आइतवार कुरा गर्दै डा महतले हिन्दू धर्मको बारेमा पार्टीमा कुरा नउठेको स्पष्ट गरे । डा महतले गुट बन्दी पार्टीका लागि घातक भएको भन्दै अब व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्न नहुने बताए । डा महतले सरकारले संस्थागत रुपमा भ्रष्टाचार गरेको पनि आरोप लगाए ।