प्रकाश न्यौपाने
फाल्गुन २ गते
नवलपरासी । नेपाल मगर संघ बर्दघाट नगर कार्य समितिले १४७ औं स्मृति दिवसको अवसरमा बर्दघाट ०४ मा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।नेपाल रेडक्रस सोसाइटी परासी शाखा र रक्त सन्चार केन्द्र परासीको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा १६ जनाले रक्तदान गर्नु भएको कार्यक्रमका अध्यक्ष टेक बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।
कार्यक्रममा बर्दघाट नगर प्रवक्ता सन्त बहादुर गाहाले लखन थापाको योगदानको चर्चा गर्दै १०४ बर्षीय जहानिय राणा सासनको अन्त्य भएको बताउनु भयो । ” लखन थापाको योगदानलाई राज्यले चिन्न सकेन । उहाको योगदानको कदर गर्दै राज्यले प्रथम सहिद बनाउनु पर्छ ।” गाहाले भन्नुभयो ।
मगर संघको केन्द्रिय सदस्य एब जिल्ला अध्यक्ष लुम बहादुर खाम्चा, लुम्बिनी प्रदेश सदस्य दया दर्लामी, पुर्व जिल्ला सदस्य सोबिर पुन, जिल्ला समन्वय उपाध्यक्ष चन्द बहादुर गाहा, पुर्व नगर अध्यक्ष यम बहादुर थापा, बर्दघाट बजार बिकास समितिका अध्यक्ष तारा प्रसाद गौतम, नेपाल रेडक्रस बर्दघाट उपशाखाका सहसचीव राधा ढकाललगायतको उपस्तिथिमा कार्यक्रम सम्पन भएको छ ।
नेपाल मगर संघ बर्दघाट नगर समितिका अध्यक्ष टेकबहादुर बुढाथोकीको अध्यक्ष रहेको कार्यक्रममा उपाध्यक्ष भरत कामुको स्वागत र संचालन सचीव सरस्वती रानाले गर्नु भएको थियो ।












