फाल्गुन १४ गते
बर्दघाट । राष्ट्रिय मा.बि. माकर बेतहानी बर्दघाट–७, जिमिरे भारको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारुको अध्यक्षता र नेपाल प्रहरी श्रीमति संघकी अध्यक्ष लक्ष्मी कँवरको प्रमुख आतिथ्यतामा उक्त समारोह सम्पन्न भएको हो ।
वार्षिकोत्सवमा बिद्यालय ब्यवस्थापन समितिका सदस्यसचिव तथा विद्यालयका प्रधानाध्यापक शेषकान्त पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमा विद्यालयको भौतिक तथा आर्थिक पक्ष क्रमश सुधारात्मक भएको र बिद्यार्थीहरुको संख्या समेत उल्लेखनीय रुपमा वृद्धि हुदै गएको अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो । प्राध्यानाध्यापक पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार सबै पक्षबाट विद्यालय अघि बढेपनि शैक्षिक गुणस्तरको पाटोमा भने अझै धेरै काम गर्न बाँकी रहेको बताउदै अहिले विद्यालयले शैक्षिक गुणस्तरमा विशेष ध्यान दिएको बताउनु भयो ।
प्रतिवेदनमा आगामि शैक्षिक सत्र २०८१ मा सम्पूर्ण ध्यान विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका निम्ती हस्तक्षेपकारी रणनितका साथ अघिबढ्ने प्रस्तावना सहितको योजना पेश गर्नु भएको थियो । प्रस्तावित योजनामा,प्रविधिमैत्री कक्षा,गृहकार्य डायरी,योग तथा मेडिटेशन कक्षा,हरेक कक्षामा बुक कर्नर लगाएतका योजनाहरु समावेस गरीएका थिए ।
त्यसैगरी विद्यालयको वार्षिक आय–ब्यय तर्फ १ करोड ८० लाख ४४ हजार ९ सय १९ रुपैया ५९ पैसा बराबरको रहेको प्रतिवेदन ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा प्र.अ.पौडेलले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्याय,वडाध्यक्ष सन्तु गाहा,ध्रुब थारु,रोहित थारु,दामोदर जि.सी. , बर्दघाट जेसिजका अध्यक्ष युवराज चापागाई, विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमति संघले विद्यालयका २ सय १० जना बिद्यार्थीहरुलाई शैक्षीक सामाग्रीहरु वितरण गरेको थियो ।












