बर्दघाटमा सास्कृतिक प्रस्तुति गर्दै मगर एकता दिवस मनाइयो

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फाल्गुन १५ गते

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा मगलबार साकृस्तिक प्रस्तुतिसहित ४२ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ ।


मगर संघ बर्दघाट नगर कार्यसमितिको आयोजनामा पढाइमा उच्च अक ल्याउने विद्यार्थीलाई सम्मान, ज्येष्ठ नागरिक सम्मान र सास्कृतिक प्रस्तुत गरेको हो । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले ब्यानर सहित झाकी प्रस्तुत गरेको मगर संघ बर्दघाट नगर कार्यसमितिका अध्यक्ष टेक बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।


मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झना मगर दिवस मनाइएको नेपाल मगर संघका सचिब नवीन सारु मगरले बताउनु भयो । उहाले अधिकार प्राप्त गर्नेका लागि कदम चालिएको दिनको रुपमा फाल्गुन १५ लाइ मगर एकता दिवस मनाइएको उल्लेख गर्नु भयो ।


बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्यालले हाम्रो देश बहुजातीय र बहुभाषिक रहेको बताउदै मगर समुदायको ४ वटा भाषा र आफ्नै लिपि रहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” मगर समुदायको भाषा र लिपिको सरक्षणमा राज्यले ध्यान दिनु आवश्यकता छ ।”


नेपाल मगर संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष तारा राना र सचिवालय सदस्य तेजेन्द्र पुर्जा मगरले समतामूलक समाज निर्माणका लागि मगर एकता दिवसले राम्रो सन्देश दिएको बताउनु भयो ।


बर्दघाट नगरपालिकाका नगर प्रवक्ता सन्त बहादुर गाहा र सामाजिक बिकास समिति सयोजक भिमकाजी गुरुङले नेपाल विभिन्न जात जातीहरुको फुलबारी भएको उल्लेख गर्दै मगर समुदायले मनाउने मगर एकता दिवसमा बर्दघाट नगरपालिकाले मंगलबार स्थानीय बिदा दिएर सम्मान गरेको बताउनु भयो ।


मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा लगायतका लोकसंस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा, तथा साँस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाजहरुको प्रस्तुति गरिएको थियो । साथै कार्यक्रममा प्रीती आले, सुरेश अन्जान, संजय बुढाथोकी मगर र स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।