जि. ट्वान्टी फाइभ क्लबको आयोजनामा निःशुल्क दन्त तथा स्त्री रोग स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

सामाजिक क्षेत्रमा क्रियाशिल संस्था जि. ट्वान्टी फाइभ क्लबद्वारा मिति २०८० साल फागुन १९ गते शनिबारका दिन सियारी गाउँपालिका वडा नं. ७ स्थित समइमाई मा.वि. मा निःशुल्क दाँत तथा स्त्री रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ ।क्लबका उपाध्यक्ष मदन पौडेलको स्वागत मन्तव्य तथा विशेषज्ञ डाक्टर नारायण पोख्रेल, संस्थापक अध्यक्ष तथा कार्यक्रमका संयोजक रमेश कुमार जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपलाल केवट, सियारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष दिपक बहादुर शाही, विशिष्ट अतिथि सियारी गाउँपालिका उपप्रमुख तारा थारू, प्रमुख अतिथि सियारी गाउँपालिका प्रमुख थानेश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । क्लबका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षता तथा क्लबका महासचिव किशोर पंगेनीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

स्वास्थ्य शिविर सञ्चालनको क्रममा महिलाहरूको पाठेघर सम्बन्धी सञ्चालित स्त्री रोग स्वास्थ्य शिविरमा डा. निशा पौडेलको नेतृत्वमा भएको स्वास्थ्य जाँचमा सो क्षेत्रका ७३ जना महिलाहरूले स्वास्थ्य लाभ लिनुभएको थियो भने दाँत उपचारतर्पm डा. नारायण पोख्रेलज्यूको नेतृत्वमा सम्पन्न स्वास्थ्य शिविरमा १०० जनाभन्दा बढी व्यक्तिहरूले स्वास्थ्य लाभ लिनुभएको थियो । यसरी दाँत र स्त्री रोग स्वास्थ्य शिविरमा करिब २०० जनाले स्वास्थ्य लाभ लिनुभएको थियो ।उक्त कार्यक्रममा क्लबका मार्गदर्शक बिमलराज घिमिरे, संरक्षक प्रेम प्रसाद पाण्डे, पूर्व अध्यक्ष देवलाल अर्गाली, निवर्तमान अध्यक्ष निर्मल नेपाल, पूर्व तथा निवर्तमान सल्लाहकारज्यूहरू, संस्थापक, पूर्व तथा निवर्तमान कार्यसमिति, वर्तमान कार्यसमिति, लेखा समिति, आजीवन सदस्य, विद्यालयका प्र.अ. तथा शिक्षकहरू, जनप्रतिनिधिज्यूहरू, समाजसेवी, शैक्षिक व्यक्तित्वहरू, सुरक्षाकर्मी साथीहरू लगायत स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो ।