महाशिवरात्रीमा कांग्रसेद्धारा निःशुल्क पानी वितरण

प्रकाशित मिति:

धरानः नेपाली कांग्रेसले महाशिवरात्रीको अवसरमा निःशुल्क पिउने पानी वितरण गरेको छ । महाशिवरात्रीका दिन धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर बाबा धाममा दर्शन गर्न आएका भक्तजनहरुलाई नेपाली कांग्रेस, सुनसरीको १ नं। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले निःशुल्क पिउने पानी वितरण गरेको हो । देश बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय भएजस्तै पाटी पनि जाति, धर्म र संस्कृतिले विविधतायूक्त भएको हुंदा नेपाली कांग्रेस, क्षेत्र नं। १ सुनसरीले हरेक धार्मिक आस्था र जातिय संस्कार–संस्कृतिलाई संस्थागत रुपले मनाउने नीति अवलम्वन गरे अनुरुप महाशिवरात्रीको अवसरमा पूजा गर्न टाढाटाढावाट आएर घण्टौं लाईनमा बसेका दर्शनार्थीहरुको प्यास तथा तिर्खा मेटाउन निःशुल्क शुद्ध पिउने पानी वितरण गरेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । उनले आफुहरुले कुनै राजनीति गरेको नभई पाटीले निर्वाह गर्नुपर्ने सामाजिक उत्तरदायित्व वहन गरेको र आफुहरुको सामाजिक एवम् सांस्कृतिक कृयाकलापले समाजमा सद्भाव, सहिष्णुता र एकतामा अभिवृद्धि भएर गएको बताए ।

बुद्धिजीवी प्राध्यापक राजेन्द्र शर्माले लामो सयम पूजाका लागि लाइनमा बसेर तिर्खाएका भक्तजनहरुलाई निःशुल्क पानी वितरण गरेर कांग्रेसले अति नै सह्रानीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे । सो अवसरमा नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, महासमिति सदस्य सुवास राई, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, नेपाल दलित संघ प्रदेश सभापति गोविन्द दर्नाल, जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सदस्यहरु सुमन श्रेष्ठ तखाछे, शिखा चेम्जोङ, ध्रुव गिरी, सुरजप्रसाद अधिकारी, प्रदेशसभा १९१० कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, जिल्ला सल्लाहकार मोहन बस्नेत, केशव पोख्रेल, क्षेत्रीय सल्लाहकारद्धय सरिता सुब्बा, अनिल अग्रवाल, नगर सदस्य नरेन्द्र राई, वडा सभापति सुवर्ण पलिखे, नेपाल महिला संघ धरान नगर सभापति सुशिला श्रेष्ठ, नेपाल तरुण दल धरा नगर सभापति राम तामाङ, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाइ सभापति सरोज रेग्मी, वडा सदस्यहरु कृष्णबहादुर कार्की, सुमित बम्जन, मिरा वि।क।, पूर्व जिल्ला सदस्य प्रभात खतिवडा, पूर्व क्षेत्रीय सदस्य मन्जु पौडेल अधिकारी लगायतको उपस्थिति एवम् स्वयंसेवी भूमिको रहेको थियो ।