काठमाडौं, चैत- जनता समाजवादी पार्टी जसपा नेपालकी सांसद मञ्जु शर्मा अन्सारीप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ।आइतबार उपचारका क्रममा निधन भएकी सांसद शर्मालाई श्रद्धाञ्जली दिन उहाको पार्थीव शरिरलाई पार्टी कार्यालय बालकुमारीमा राखिएको थियो।पार्टी कार्यालयमा नेताहरुले अन्सारीको पार्थीव शरिरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। २०२० साल माघ १९ गते जन्मीनुभएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएका हुन्।












