रविको बचाउमा ओली

प्रकाशित मिति:

कैलाली, चैत – एमाले अध्यक्ष केपी ओलीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेका छन्।मंगलबार कैलालीमा पत्रकारहरुसँग कुराकानीमा ओलीले रविको बचाउ गदैृ कसैविरुद्ध उजुरी पर्दैमा राजीनामा गर्न नहुने बताए।उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद खाली हुन्छ। उजुरी त एउटा लगेर हालिदिए भयो नि,’ ओलीले भने।

एमाले प्रतिपक्षमा हुँदा तत्कालीन सरकारमा कांग्रेसबाट स्वास्थ्यमन्त्री भएका मोहनबहादुर बस्नेतको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो।सोही सन्दर्भमा गरिएको प्रश्नमा ओलीले भने, ‘गम्भीर मुद्दा हुँदा, अपचलन हुँदा, हिनामिना हुँदा अस्ति कुरा उठेको थियो। कांग्रेसबाट भएका मन्त्रीहरूको सम्बन्धमा कुरा उठेको थियो । अख्तियारमा झन्डा हालेर जानुभएको छ। मन्त्रीको पद लिएर छानबिन, अनुसन्धान र न्यायमा प्रभाव पार्न नखोजेर किनारामा बस्नुस् भनेका हौं।अध्यक्ष ओलीले कांग्रेससँग तत्काल कुनै गठबन्धन नहुँने बताउँदै आफूलाई तत्काल प्रधानमन्त्री हुने इच्छा नरहेको बताए।