मोक्षधाममा जारी महायज्ञलाई काङ्ग्रेस तिलोत्तमाले १ लाख ११ हजार सहयोग गर्ने

प्रकाशित मिति:

तिलोत्तमा । तिलोत्तमा वडा नम्बर ६ मा अवस्थित मोक्षधाममा जारी महायज्ञमा सहयोग जुट्ने क्रम जारी छ।यसैबीच नेपाली काङ्ग्रेस तिलोत्तमा नगर समितीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।नेपाली काङ्ग्रेस तिलोतमा नगर कार्यसम्पादन समिति तथा १७ वटै वडा समितीले सहयिग गर्ने निर्णय गरेको कांग्रेस तिलोतमा नगर समितिका सचिव प्रदिप थापाले बताए।

सोमबार नेपाली काङ्ग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाणको प्रमुख आतिथ्यता तथा तिलोत्तमा नगरपालिका सभापति हरिलाल पाण्डेको अध्यक्षतामा भएको बैठकले सहयोग गर्ने निर्णय गरेको हो।पवित्र उदेश्य सहित आयोजना गरिएको महायज्ञ तिलोत्तमामा नै भइरहेको र यसबाट हुने पछिको फाईदा पनि तिलोत्तमा बासिलाई हुने भएको सहयोग गरिएको बताए।सोमबार बसेको बैठकले नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यही चैत ३० गते ताज पार्टी प्यालेसमा गर्ने निर्णय गरेको र सहभागीताको लागि आग्रह गरिएको हो।