बजारको माग अनुसारको शिक्षा आवश्यक : गगन थापा

प्रकाशित मिति:

प्रकाश न्यौपाने-, नवलपरासी, पश्चिम-पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले रोजगार हासिल गर्न सक्ने जनशक्ति उत्पादन गर्ने विषयगत शिक्षा अपरिहार्य रहेको बताउनु भएको छ।पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–२, सेमरीमा क्याम्पस भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विद्यालय तहमा राज्यले धेरै लगानी गरे पनि बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नसकेको बताउनु भएको हो।नेपालका अधिकांश क्याम्पसहरू सामुदायिक रूपमा सञ्चालित छन्। तर विद्यार्थी संख्या घट्दै गएको छ, थापाले भन्नुभयो। अब क्याम्पस खोल्नुको मात्र अर्थ हुँदैन। त्यसमा रोजगारमूलक विषय पठनपाठन गर्ने दीर्घकालीन योजना बनाउनु आवश्यक छ।

थापाले प्राविधिक शिक्षामा जोड दिँदै भने, सरकार आफैंले सबैलाई रोजगारी दिन सक्दैन। यसको भूमिका रोजगारका लागि वातावरण निर्माण गर्ने हो। अहिलेको मुख्य समस्या नै रोजगारी हो। सरकारले रोजगारी दिन्छु भने ५ लाख जनशक्तिलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, रोजगारी निजी क्षेत्रले दिने हो, त्यसका लागि सरकारले वातावरण बनाउनुपर्छ।उहाले वर्तमान शिक्षाले बजारको मागलाई सम्बोधन गर्न नसकेको उल्लेख ग गर्नु भयो। ूबजारले चाहेको जनशक्ति उत्पादन गर्न नसके क्याम्पस खोल्नुको कुनै सार्थकता हुँदैन। मागअनुसारको शिक्षा लागू गर्न आवश्यक छ,ू उहाले उल्लेख गनुभयो ।कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बिपन्न समुदायलाई लक्षित गरी यस क्षेत्रकै शैक्षिक धरोहरका रूपमा क्याम्पस स्थापना गर्न लागिएको बताउनु भयो। कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेल, लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधान सभा सदस्य विक्रम खनाल, प्रदेश सांसद विश्वप्रेम पाठक , वैजनाथ जैसवाल लगायतको उपस्थिति थियो।