सापकोटाको नेतृत्वमा बर्दघाट जेसिस

प्रकाशित मिति:

 

नवलपरासी

शनिवार बर्दघाट जेसीसको ५ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसीस वर्ष २०२४ का अध्यक्ष युवराज चापागाईले बर्दघाट जेसीस वर्ष २०२५ का अध्यक्ष मोहन सापकोटालाई पद हस्तान्तरण गर्नु भएको हो ।


जेसीस वर्ष २०२५ का लागि अध्यक्षको पदस्थापन गरेसंगै अध्यक्ष सापकोटाले आफुले आफ्नो कार्यकालमा बर्दघाट नगरका उद्यमशील युवाहरुको पहिचान र प्रबद्धन गर्ने बताउनु भएकाे छ । नगरका सबै संघ संस्था र कार्यलयहरुसंग सहकार्य र समन्वय गर्दै अघि बढ्ने सापकोटाले उल्लेख गर्नु भयो।


कार्यक्रमका बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले जेसीससंग नगरपालिका सहकार्य गरेर अघिबढ्न तयार रहेको बताउनु भएको थियो । उहाँले समाज परिर्वतनसंग संगै शिक्षाको रुपान्तरणका सक्रिय युवाहरुको साझा संस्थाका रुपमा रहेको जेसीसले अहिले सम्म गरेका कामहरु प्रभावकारी रहेका बताउनु भएको थियो ।अब बर्दघाटको पर्यटन प्रवर्द्धनमा जेसिससगा हातेमालो गरि अधि बढ्ने धारणा राख्नु भयो।


 

त्यसैगरी विषेश अतिथिका रुपमा रहनु भएका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले जेसीसले युवाहरुलाई ज्ञान र सिपको वृद्धिगरी आयआर्जनको बाटोतर्फ उन्मुख गर्न सहयोग पुर्याएको धारणा राख्नु भएको थियो । जेसीस वर्ष २०२४ का अध्यक्ष युवराज चापागाईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बर्दघाट जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०२५ का राष्ट्रिय अध्यक्षका सल्लाहकार राजु न्यौपाने लगाएत बिभिन्न संघ संस्थाका व्यक्तिहरु र समकक्ष जेसीस अध्यक्षहरुको उपस्थिती रहेको थियो ।


कार्यक्रममा सामाजिक कार्यका लागि अहोरात्र खटी विपत ब्यवस्थापन र सर्प उद्धारकार्यमा खट्ने दुर्गा लामिछानेलाई सम्मान गरीएको थियो ।


जेसीस वर्ष २०२५ का लागि अध्यक्षमा मोहन सापकोटा रहनु भएको छ भने आई पि.पि. युवराज चापागाई,ई.भि.पि. महेन्द्र गौतम र भुपाल शर्मा रहनु भएको छ भने जि.एल.सि.मा केदार चौधरी,एस.जि.मा रबिन चापागाई र कोषाध्यक्षमा विशाल गिरी रहनु भएको अध्यक्ष सापकोटाले जानकारी दिनु भएको छ । त्यस्तै गरी भि.पि.हरुमा चाँदनी सूर्यवंशी,खुमाकान्त न्यौपाने,शिशिर न्यौपाने र मिलन आचार्य रहनु भएको छ । सक्षम, फरक सोच राख्ने सबै समूह सग घुल्न सक्ने उर्जावान युवाको काधमा बर्दघाट जेसिसको नेतृत्व पुगेको प्रती कार्यक्रममा उपस्तिथित अतिथिहरुले सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको छ।