नेपाली कांग्रेस अर्घाखाँची छत्रदेव रुपन्देही सम्पर्क समितीको पदस्थापन कार्यक्रम सम्पन्न
नेपाली कांग्रेस अर्घाखाँची–छत्रदेव रुपन्देही सम्पर्क समितिको नवगठित कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समितिका निवर्तमान अध्यक्ष भोजराज पाण्डेयले गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तुलसी प्रसाद भुसाल प्रमुख अतिथि रहनु भएको थियो। त्यसैगरी, गैरआवासीय नेपाली संघ (NRNA) का सह–कोषाध्यक्ष कृष्ण पोखरेल विशेष अतिथिको रूपमा सहभागी हुनुभयो। प्रमुख निर्वाचन आयुक्त गणेश प्रसाद भट्टराईले नव–निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै औपचारिक रूपमा पदस्थापन गराउन्नु भएको थियो












