लायन्स क्लव अफ सैनामैना मलमलाकाे वृक्षारोपण सम्पन्न

प्रकाशित मिति:

बुटवल। लायन्स क्लव अफ सैनामैना मलमलाले मंगलबार एक कार्यक्रमका बीच वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना नगरपालिका वार्ड नम्बर ७ देवापारमा रहेको दुर्गा मन्दिर प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको क्लवका अध्यक्ष जीवन घिमिरेले जानकारी दिए । वार्षिक कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट इन्टरनेशनल ३२५ पी फर्स्ट भ्वाइस डिष्ट्रिक्ट गभर्नर एम.जे.एफ लायन सन्दिप कसौधनले क्लवले विगत देखी नै रचनात्मक कार्यक्रम गर्दै गइरहेको बताउँदै सामाजिक र युवा लक्षित कार्यक्रमलाइ अझै धेरै प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने सुझाव दिए। कार्यक्रममा लायन एम. जे. एफ. एकदेव बस्याल,३२५ पीका सिनियर डिस्ट्रिक एडभाइजर लायन कृष्ण प्रसाद शर्मा (पवन) एरिया ४ का एरिया चिफ प्रविना घिमिरे, रिजनचेयर पर्सन सुशीला शर्मा पन्थ , क्लवका पूर्व अध्यक्ष युबराज कार्की, शिवराज पोखरेल लगायतले बोल्दै यो वर्ष क्लवले विगतको तुलनामा धेरै नयाँ कार्यक्रम गर्ने विश्वास व्यक्त गर्दै वृक्षारोपण जस्तो पवित्र कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेका थिए ।

मन्दिर व्यवस्थापन समितीका अध्यक्ष शिवलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न भयको कार्यक्रममा सचिव यदुनाथ ज्ञवाली,वृक्षारोपण कार्यक्रमका संयोजक राम प्रसाद बस्यालले समेत अा आफ्नो धारणा राखेका थिए भने कार्यक्रमकाे सञ्चालन क्लवका सचिव ज्ञान पाण्डेले गरेका थिए । कार्यक्रम स्थल मन्दिर परिसरमा विभिन्न प्रजातिका १५ भन्दा बढी फलफूलका बिरुवा वृक्षारोपण गरिएको अध्यक्ष जीवन घिमिरेले बताए ।