अस्विन पङेनी — चापाकोट नगरपालिका वडा नं. ८ बेलडाँडास्थित आधारभूत स्वास्थ्य चौकीमा निम संस्थाको सहयोगमा सञ्चालन गरिएको २१ दिने निशुल्क स्वास्थ्य शिविर तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको समापन समारोहमा बोल्दै चापाकोट नगरपालिकाका उप–प्रमुख इशा रानाले बिदेशी चिकित्सकहरूको उपस्थितिमा गाउँमै स्वास्थ्य सेवा प्रदान गरेको निम संस्थालाई धन्यवाद व्यक्त गर्दै स्थानीयस्तरमै यस्तो सेवा पाउनु सुखद अनुभूति भएको बताउनुभयो।
स्वास्थ्य शिविरमा निम संस्थाका अध्यक्ष शंकर गैह्रे, डा. जोयल गरुड, डा. रोस्ना गोपालीलगायतले “जनताको सेवामा समर्पित हुनु नै हाम्रो धर्म र कर्म हो” भन्ने धारणा व्यक्त गर्नुभयो।स्वास्थ्य शाखामा कार्यरत अनमी सिर्जना बोस्तीले धन्यवाद मन्तव्य राख्नुभएको कार्यक्रम चापाकोट वडा नं. ८ का वडा अध्यक्ष टोपलाल न्यौपाने (राजु)को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन वडा सचिव शान्ति श्रेष्ठले गर्नुभएको थियो।












