“एनआरएनए NCC USA लाई नयाँ ऊर्जा र दृष्टिकोण दिने नेतृत्व — महासचीव पदका उम्मेदवार मोहन न्यौपाने”

प्रकाशित मिति:

गैर-आवासीय नेपाली सङ्घ (NRNA) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको २०२५–२०२७ कार्यकाल नजिकिँदै गर्दा संस्था अझ सबल, पारदर्शी र एकताबद्ध बनाउन सक्षम महासचिबको  महत्वपुर्ण भुमीकाको आवश्यक्ता महशुस गरीएको छ । कुनै पनि संस्थाको सफलताको मेरुदण्ड सबल नेतृत्व, सुदृढ नीति र कुशल व्यवस्थापन हो, र यिनै सबै गुणले सम्पन्न मोहन न्यौपाने आजको दिनमा सबैको ध्यानको केन्द्र बनेका छन्। NRNA NCC USA मा यो नाम नयाँ होइन — उनी लामो समयदेखि विभिन्न तहमा सक्रिय रहँदै संस्थालाई ऊर्जा, प्रतिबद्धता र परिणाममुखी दृष्टिकोण प्रदान गर्दै आएका छन्। ६ वर्षको सफल नेतृत्व अनुभवका क्रममा उनले च्याप्टर अध्यक्ष र दक्षिण क्षेत्रीय संयोजक (RCC) का जिम्मेवारी उच्च दक्षतासाथ निर्वाह गरेका छन्, जसले उनको संगठनात्मक क्षमता र सामुदायिक प्रतिबद्धताको स्पष्ट प्रमाण प्रस्तुत गर्छ।

शैक्षिक पृष्ठभूमिको दृष्टिले पनि मोहन न्यौपाने विशेष छन्। नेपालमा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए. र एम.फिल. गरेका उनले अमेरिकाको केनेसा स्टेट युनिभर्सिटीबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातकोत्तर गर्दै प्राविधिक र शैक्षिक दुवै क्षेत्रमा उत्कृष्टता हासिल गरेका छन्। हाल उनी अमेरिकामा वरिष्ठ आईटी इन्जिनियरका रूपमा कार्यरत रहँदै आफ्नो ज्ञान, सीप र अनुभवलाई समुदायको हितमा प्रयोग गर्दै आएका छन्।उनको कार्यकालका मुख्य योगदानहरू उल्लेखनीय छन्। सामाजिक पहल अन्तर्गत उनले राष्ट्रिय आविष्कार केन्द्रलाई $३०,००० सहयोग गरेका छन्, क्यान्सर पीडित हिरा सेनलाई आर्थिक सहयोग जुटाएका छन्, अकाल मृत्यु भएका नेपाली परिवारलाई राहत पुर्‍याएका छन्, र बाढी पीडितका लागि सहयोग सङ्कलन गरेका छन्। सामुदायिक सेवामा, उनले ओहायोका विभिन्न कलेज र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग पुर्‍याएका छन्, रक्त सञ्चार कार्यक्रम (Blood Drive) सञ्चालन गरेका छन्, र कोभिड महामारीका बेला सिनसिनाटीमा व्यक्तिगत रूपमा घरघरमा पुगेर सहयोगका सामग्री वितरण गर्दै $५,००० आर्थिक सहयोग पनि संकलन गरेका छन्। शैक्षिक र स्थानीय सहयोगका क्षेत्रमा, उनले नेपालका विभिन्न शैक्षिक संस्थाहरूसँग सहकार्य गरेका छन्, नर्थ क्यारोलिना र ओहायोका स्थानीय सङ्घसंस्थाहरूसँग हातेमालो गर्दै समुदायका हितमा काम गरेका छन्। साथै, उनले वासिङ्टन डी.सी.स्थित नेपाली दूतावाससँग निकट सहकार्य गर्दै अमेरिकास्थित नेपाली समुदायका विभिन्न मुद्दामा सक्रिय योगदान दिएका छन्। संकटका क्षणमा वा खुसीका अवसरमा, उनी सधैं समुदायसँगै उभिन्छन् — दुःखमा सहारा र खुसीमा सहभागी बन्ने उनका गुणहरू सबैलाई प्रेरक छन्।

महासचिबका रूपमा मोहन न्यौपाने संस्थाको आन्तरिक सञ्चारलाई अझ प्रभावकारी बनाउन, डिजिटल प्लेटफर्ममार्फत सदस्यता र कार्यक्रम व्यवस्थापनलाई आधुनिक र पारदर्शी बनाउन, नीति निर्माणमा सबै सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्न, र संस्थाभित्र देखिएका बेमेल र मतभेदहरूलाई समाधान गर्दै एकताको वातावरण निर्माण गर्न सक्षम छन्। उनको प्राविधिक दक्षता, निष्पक्षता, जुझारुपन र लगनशीलता संस्थाको लागि अमूल्य सम्पत्ति हो, र यी गुणहरूले NRNA NCC USA लाई अझ व्यवस्थित, जिम्मेवार र विश्वसनीय संस्थाको रूपमा अघि बढाउनेछ। यी सबै कारणले, मोहन न्यौपाने महासचिब पदका लागि केवल उपयुक्त मात्र होइन, संस्थाको बृहत्तर हित, एकता र पारदर्शिताका लागि निर्विकल्प विकल्प हुन्।