अन्तर्राष्ट्रिय युवा दिवसमा बुटवल जेसीजद्वारा मानसिक स्वास्थ्य अभिमुखीकरण

प्रकाशित मिति:

बुटवल— अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुटवल जेसीज २०२५ र बुटवल लेडी जेसीज २०२५ को संयुक्त आयोजनामा “मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा मनाेराेग बिशेषज्ञ डा. बिक्रम काफ्लेले मानसिक स्वास्थ्यको महत्वबारे प्रेरणादायी प्रस्तुति दिएका थिए। उनले मानसिक स्वास्थ्यलाई दैनिकीको अभिन्न अङ्गका रूपमा लिने र सजग रहनुपर्ने सन्देश दिएका थिए।कार्यक्रमका कार्यबाहक अध्यक्ष जेसी बिनोद पोखरेल (कार्यकारिणी उपाध्यक्ष) ले उपस्थित सबै सल्लाहकार, पूर्वअध्यक्ष, कार्यसमिति पदाधिकारी तथा जेसीज सदस्यप्रति आभार व्यक्त गर्दै सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको बताए। उक्त अवसरमा सहभागीहरूलाई मानसिक स्वास्थ्यका विभिन्न पक्ष, तनाव व्यवस्थापन र सकारात्मक सोचका अभ्यासबारे जानकारी दिइएको थियो।