बाउन्न खोला सिमसार – बर्दघाट नगरपालिकाको हरियो सम्पदा संकटमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने- पश्चिम नवलपरासीको बर्दघाट १० मा फैलिएको बाउन्न घोला सिमसार बर्दघाटको गहनाको रुपमा रहेको छ । सिमसार क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण हरित सम्पदा हो। यहाँ पाइने जलचर प्रजातिहरू—माछा, घोंघा, ढुंगे–काक्रालगायतका जीव जन्तुहरु पाइनुका साथै, दुर्लभ चरा प्रजातिहरूको बासस्थानका रूपमा समेत यसको महत्त्व झनै बढेको छ। पछिल्लो समयमा संरक्षणका लागि स्थानीय समुदाय, सन्सारकोट हरियाली सामुदायिक वन, बर्दघाट नगरपालिका, लुम्बिनी प्रदेश र नेपाल सरकारको चासो बढिरहेको देखिन्छ । बाउन्न घोला सिमसार प्रकृति रुपमा सन्दौर्यता मात्रै नभई प्रकृतिको सरक्षण र सम्बर्द्धनमा समेत महत्त्वपुर्ण योगदान पुगेको छ । सौन्दरीकरणको रुपमा बिकास गर्न अग्रसर भइरहेको छ ।

सिमसारको परिषरमा नै साबिक पन्चनगरको फोहोर फाल्ने स्थान रहेको छ । आन्तरिक पर्यटनको आक्रमणको केन्द्र बनिरहेको सिमसार र यसको सौन्दरीकरणलाई नजिकै रहेको डम्पिङ्ग साइडले गिजाइरहेको छ ।हाल सिमसारको सरसफाइमा स्थानीय युवाहरु मिलेर सरसफाइ, जनचेतना अभियान, तथा सामुदायिक वनको सक्रियतामा माछा मार्ने क्रियाकलापमाथि निगरानी गर्ने कार्यहरू भएका छन्। नगरपालिकाले पनि सिमसार व्यवस्थापनका लागि काम गर्ने समेत जनाएको छ ।वातावरण संरक्षणमा सक्रिय संघ संस्थाहरूको पनि केही हदसम्म सहभागिता देखिन्छ, तर त्यो दीर्घकालीन संरक्षणका लागि पर्याप्त छैन। सिमसार क्षेत्रको महत्त्व केवल जैविक दृष्टिले मात्र नभई सामाजिक र आर्थिक हिसाबले पनि उत्तिकै छ। प्राकृतिक जलभण्डारण प्रणालीका रूपमा यसले भूजल पुनःभरण, बाढी नियन्त्रण, र वातावरणीय सन्तुलनमा योगदान पुर्‍याउँछ। यदि व्यवस्थापन गर्न सकियो भने, बाउन्न खोला सिमसार आन्तरिक पर्यटनको आकर्षक गन्तव्य बन्न सक्छ, जसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ।

भविष्यका लागि सिमसार संरक्षणलाई प्रभावकारी बनाउन ठोस कदम चाल्नु अत्यावश्यक छ। पहिलो चरणमा, बर्दघाट नगरपालिकाले सिमसार संरक्षणका लागि छुट्टै नीति, बजेट र प्राविधिक योजना ल्याउनु जरुरी छ। स्थानीय समुदायलाई योजना निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय सहभागी बनाइनु पर्छ। वातावरणीय शिक्षा विद्यालयस्तरमै समेटेर भावी पुस्तालाई सचेत गराउन सकिन्छ। सिमसार क्षेत्र वरपर चराचरणको लागि सुरक्षित क्षेत्र बनाउने, बर्ड–वाचिङ जस्ता इको–टुरिज्म प्रवर्द्धन गर्ने, र फोहर व्यवस्थापन प्रणाली विकास गर्ने जस्ता उपायहरू तुरुन्त कार्यान्वयन गर्नुपर्ने देखिन्छ। समग्रमा हेर्दा, बाउन्न खोला सिमसारको संरक्षण केवल नगरपालिकाको जिम्मेवारी होइन, यसमा सम्पूर्ण समुदायको सक्रिय सहभागिता आवश्यक छ। यदि अहिले नै संरक्षणका उपायहरू अपनाइएन भने भविष्यमा यो क्षेत्र केवल नाममा सीमित हुनेछ। तसर्थ, वातावरणीय सन्तुलन र स्थानीय समृद्धिको लागि बाउन्न खोला सिमसारको दीर्घकालीन संरक्षण आजको प्रमुख आवश्यकता हो।

थप समाचार