ग्लोबल आइएमई बैंक चौराहा शाखामा रक्तदान, ७५ प्वाइन्ट रगत संकलन

प्रकाशित मिति:

ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत चौराहा शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा बैंकका कर्मचारी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममार्फत कुल ७५ प्वाइन्ट रगत संकलन भएको छ । समाजप्रति उत्तरदायी भई स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको शाखा प्रबन्धक अनिल भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरूले मानव जीवन रक्षा गर्नुका साथै सामाजिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास बैंकले लिएको छ ।