राजनीतीमा ईमान्दार व्यक्तीको अभाव भयो : सारदा क्षेत्री

प्रकाशित मिति:

सानै वाट राजनीतीमा रुची भएकी नेपाली कांग्रेसका नेताहरुको प्रेरणले कांग्रेसमा लाग्नु भएकी कुनै पदमा नरहेरै कांग्रेसका गतीविधिमा संलग्न महीलाअधीकारकर्मी सारदा क्षेत्री संग गरीएको कुराकानी
नेपाली कांग्रेसमानै किन लाग्नु भयो
म सानो उमेरवाटै नेपाली कांग्रेसमा लागेकी हु । खासमा मेरो परीवारनै राजनीतीमा कृयाशील भएकाले मेरो सानो उमेरमानै राजनीतीमा रुची वढेर आयो । विपीको प्रजातान्त्रीक समाजवादवाट प्रेरीत भएर नेपाली काग्रेसमा लागेकी हु विपीको जुन दुरदृष्टी सोच थियो उहांको जुनखालको नेपाल निमार्ण गर्ने योजना थियो म त्यस वाट निकैनै प्रभावीत भए उहांकै प्रभावका कारण आज पनी नेपाली कांग्रेसमा लागी रहेकी छु । हाम्रो परीवारमा नेपाली कांग्रेसको छाप निकै परेको थियो मेरो श्रीमान महत्वपुण पदमा रहेर पनी काम गर्नु भयो श्रीमान पदमा रहेर काम गरेको कारण मैले घर सम्हाल्नु पर्ने अवस्था थियो त्यसैले मैले कुनै पनी पदमा नरहीकन पार्टीका काममा समय मिलाएर सहभागी हुने गरेकी थिए ।

नेपाली कांग्रेसमा लागे संगै अरु गतीविधिमा पनी सहभागी हुनु भयो
हो म महीलाहरुको हकहीतका लागी पनी निरन्तर खवरदारी गरीरहे त्यही वेला महीलाहरु लाई पार्टीका कार्यक्रममा हीडडुल गर्न निकै गाह्रो थियो त्यस्तो अवस्थामा पनी मैले महिलाहरुलाई उत्प्रेरीत गरेर कार्यक्रममा जानु पर्छ धेरै वाहीरी कुराहरुमा सहभागी भएर सवै कुराको ज्ञान लिनु पर्छ भन्ने मान्यता राखेर महिलादीदी वहीनी हरुलाई कार्यक्रमहरुमा लैजाने गर्दर्थे त्यससंगै महीलाको चेतनाको स्तर वढाउनका लागी मैले निरन्तर रुपमा भुमीका खेले भन्ने लाग्दछ ।

नेपाली काग्रेसको कस्तो कस्तो भुमीकामा रहनु भयो
मैले भनीसके मेरो श्रीमान राजनीतीमा भुमीकामै रहेर काम गरेकाले मैले नेपालमा रहदा त्यस्तो महत्वपुर्ण पदमा नरहेपनी नेपाली काग्रेसको संगठन मजवुद गराउने कुरामा मैले भुमीका महत्वपुर्ण खेलेजस्तो लाग्छ कीनकी मैले महीला दिदिवहीनी हरुलाई भेला गरेर नेपाली कांग्रेसको संगठनलाई मजवुद गराउन सधैभरी लागी रहे भने अवका दिनमा पनी आफ्नो ठाउ वाट निरन्तर नै लाग्ने निर्णय गरेकी छु । अमेरीकामा आएपछी जनसम्पर्क समीती अमेरीकाको संस्थापक सदस्य भएर काम गरे त्यतीवेला जनसम्पर्क समीती न्युर्योक च्याप्टरको सभापती सोमनाथ घीमीरे अध्यक्ष रहनु भएको थियो त्यो समीतीको कार्यसमीतीमा रहेर काम गरेकी थिए ।
अन्यमा
अन्यमा नेपालको राजनीतीमा ईमान्दार व्यक्तीको अभाव भईरहेको जस्तो मलाई लाग्दछ अवको नेतृत्व सक्षम युवाको काधमा दिए वलीयो र सक्षम कांग्रेस निमार्णमा सवै लाई एकतावद्ध भएर लाग्नको लागी आग्रह गर्दछु ।