अमेरिका विरोधी विज्ञप्तिप्रति काँग्रेसको आपत्ति

हाम्रो पार्टीको आपत्ति छ

प्रकाशित मिति:

काठमाडौँ– सरकारले अमेरिकासँगको सम्बन्ध बिगारेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जानएको छ ।  सिंहदरबारमा काँग्रेस संसदीय दलको बैठकले सरकार र सत्तासीन दल नेकपाले कुटनीतिक परिपक्ताविना विज्ञप्ति निकालेर अमेरिकालाई चिढ्याउने काम गरेको निष्कर्ष निकालेको हो । बैठक सकिएलगत्तै संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र नेकपाका कारण अमेरिकासँग चिसोपना उत्पन्न भएको बताए । उनले भने सत्तारुढ दलका एक जना अध्यक्ष पुष्पकमल दाहालले नेपालको विभिन्न क्षेत्रमा ठूलो सहयोग गर्दै आएको राष्ट्रप्रति जुन खालको विज्ञप्ति दिनुभयो । त्यसमा हाम्रो पार्टीको आपत्ति छ । सरकारे पनि त्यसतै खालको विज्ञप्ति निकाल्नु दुःख हो भन्ने हाम्रो धारण हो ।