आलेको कमाण्डले तनहुँ कांग्रेसको संगठन मजबुत बनाउदै
राजनिती परिवारबाट उर्किएका आले शालिन,बौद्धिक र अनुभवी नेतामा रूपमा परिचित छन्
प्रकाश अधिकारी तनहु \ नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेको कमान्डले तनहुँ कांग्रेसको संगठन बलियो र सशक्त बन्दै गएको छ। पार्टीले गत निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको ६ सिटमा नराम्रो संग पराजित भएसंगै एक व्यक्ति एक पद भन्ने नेताहरूको सल्लाह अनुसार पार्टी सभापति वैकुण्ठ नाथ न्यौपानेले पार्टीको सम्पूर्ण अधिकार आलेले समाल्ने गरि कार्यवाहक दिएका थिए।कार्यवाहकको जिम्मेवार पाउने बित्तिकै १० स्थानिय तहमा पार्टीको संगठन बलियो र वडा वडासम्म पार्टीको गठन र स्थिति थाहा पाउन संयोजकहरू तोकेर आले आक्रमक तवरले लागेका थिए। आलेले कार्यवाहक भएदेखि गत साउन १५ गते र गत साता सरकार विरुद्धको बिरोध सभा दमौलीमा भव्य रूपमा सम्पन्न गराएर पार्टी चलायमान बनाई रहेका छन्।
राजनिती परिवारबाट उर्किएका आले शालिन,बौद्धिक र अनुभवी नेतामा रूपमा परिचित छन्। जनजातिको बाहुल्यता भएको तनहुँमा आलेले टोल टोलमा पार्टीको कमिटी बनाउने अभियान समेत तिव्र रूपले अगाडि बढाइरहेका छन्। दैनिक जसो पार्टी कार्यालय आउने उनी कार्यकर्ता संग धुलमिल र सहज रूपमा भेटघाट र सल्लाह गर्छन्।पार्टीलाई संगठन गरेरै बलियो बनाउने आलेको प्रमुख एजेन्डा रहेको छ। फागुन ४ गते राष्ट्रिय मगर संघको आयोजनामा प्रदेश न।४ स्तरीय प्रशिक्षण समेत दमौलीमा हुने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल,विश्वप्रकाश शर्मा,गगनकुमार थापा, शंकर भण्डारी लगाएतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आलेले जानकारी दिए। कार्यवाहक सभापति आलेले निष्पक्ष रूपमा पार्टी बनाउनका निम्ति गाउगाउका कार्यकर्तालाई आआफ्नो तवरबाट लाग्न अनुरोध गर्दै आइरहेका छन्।












