देशलाइ भ्रष्ट्राचार नामको रोगले गांजेको नया शक्ति नेपालका संयोजक डा भट्टराइको आरोप
पुर्व प्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले देशलाइ सङ्क्रमण फैलाउने रोगले जस्तै गरी भ्रष्ट्राचार नामको रोगले गांजेको बताएका छन् । गुल्मीको मुसिकोट नगरालिका ७ वामी स्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङ्गणमा मुसिकोट नगरालिकाले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री भट्टराइले देशलाइ गाँजेको भष्ट्राचार रोक्न महायज्ञ लगाएर धर्मको डर देखाएर सम्भव नहुने भन्दै विधि, प्रक्रिया र भ्रष्ट्राचार नियन्त्रण गर्ने अँगहरु बलियो हुनुपर्ने बताएका हुन् ।उनले काण्डै काण्ड भएको राजनीति बाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकाहरुमा नियुक्ती गर्नुपर्ने भन्दै राजनीतिक शुद्धिकरण हुनुपर्नेमा जोड दिए ।उनले चुनावमा हुने आधारभुत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा भने समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउने हो भने भ्रष्ट्राचार हट्ने बताए ।
भट्टराइ सँगै पुर्व मन्त्री हिसीला यामी सहितका अन्य केन्द्रिय नेताहरु कार्यक्रममा सहभागी थिए ।अन्तरक्रिर्या कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले नगरपालिका भित्रका सबै समस्या तथा आवश्यकताहरु सहितको बारेमा डा. भट्टराइलाइ ब्रिफिङ्ग गरेका थिए ।असल राजनीति र समावेशी बिकासका लागि जनसम्बाद यात्रा भन्ने नारा सहित गत माघ १५ देखी ताप्लेजुङ्गकाो चिवाभञ्ज्याङ्ग देखी सुरु भएको भट्टराइको अभियान आउने फाल्गुण १५ गते बैतडीको झुलाघाटमा पुगेर टुङ्गिने नया शक्ति पार्टीका केन्द्रिय सदस्य यज्ञ पोखरेलले बताए ।












