जनकपुरधाम । राष्ट्रिय जनता पार्टी राजपा को प्रदेश २ स्तरीय बैठक जनकपुरधाममा सुरु भएको छ ।पार्टीका ६ जना अध्यक्षसहित संघीय सांसद, प्रदेश सांसद, प्रदेशका मन्त्री, स्थानीय जनप्रतिनिधि समेतको सहभागितामा बैठक बसेको छ ।शुक्रबारदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन अध्यक्ष मण्डल, मन्त्री र समन्वयकर्ताबीच छलफल हुनेछ ।
शनिबार अध्यक्ष मण्डल, संघीय सांसद, मन्त्री, प्रदेश सदस्य, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, मेयर, उपमेयर, अध्यक्ष तथा उपाध्यक्षबीच छलफल हुनेछ ।यस्तै, आइतबार अध्यक्ष मण्डल र जिल्ला अध्यक्षबीच छलफल हुने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । उनका अनुसार महाधिबेशनलाई मध्यनजर गर्दै बैठकको आयोजना गरिएको हो
पार्टीलाई मजबुत बनाउन तथा प्रदेश सरकारले गरेको कामकारबाहीको विश्लेषण गर्न पनि बैठक आयोजना गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले बताए ।उनका अनुसार पार्टीलाई कसरी मजबुत बनाउने र आपसी मतभेदहरु हटाएर कसरी राम्रो बनाउने त्यस बिषयमा गम्भीर छलफल हुनेछ ।












