बुटवल – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मधेशमा विशाल जनसभा गर्ने भएको छ । तल्ला कमिटीहरु एकीकरण प्रक्रिया अन्यौलमा परिरहेका बेला दुई अध्यक्ष शनिबार मधेस झर्ने भएका हुन् ।
पार्टी एकता र मधेस मुद्दामा नेकपाको सन्देश जनतालाई दिनका लागि २ नम्बर प्रदेश कमिटीले रौतहटमा जनसभा गर्ने भएको छ । रौतहटको गरुढामा हुने प्रदेशस्तरीय जनसभालाई प्रधानमन्त्री तथा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । उनले २ नम्बर प्रदेशका आठै जिल्लाबाट एक लाख जनता उतार्ने तयारी भइरहेको छ ।












