गुलरिया। नेपाली कांग्रेसका महामन्त्री डा शसांक कोइरालाले अहिलेको राजनीतीक परिवेशमा कुनै पनि समुहसंग बार्ता गर्नुपर्ने सरकारको दायित्व भएको बताएका छन्। अहिलेको परिवेशमा समस्या समाधान गर्ने उत्तम उपाय बार्ता भएको बताउँदै विभिन्न अन्दोलनरत समुहहरुसंग बार्ता गरि राजनितीको मुलधारमा ल्याउनु पर्ने आवश्यकता भएको बताएका छन। नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाले गुलरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले असन्तुष्ट समुहलाई सरकारले आतंककारी घोषणा गर्दा राष्ट्र झन संघर्षतर्फ जाने बताए। उनले कुनै पनि समुहसंग बार्ता गर्नु पर्ने सरकारको दायित्व भएको बताए। नेपाली कांग्रेसले प्रतिपक्षको भुमिका शसक्त रुपमा प्रस्तुत गर्न नसकेको केहि पत्रकारहरुले टिप्पणी गरिरहेको भन्दै उनले भने “बन्द गर्नु हडताल गर्नु आगजानी गर्नु, बन्द गर्नु त्यो हाम्रो चरित्र होइन। कम्युनिष्टहरुले भनेको समृद्ध नेपाल हामी पनि नेपाल समृद्ध हुनुपर्छ यसमा हामीले टेवा गर्न चाहन्छौं। उनले दुवै पाटी मिलेर सवै संयन्त्रलाई कब्जा गर्न खोजेको आरोप लगाए। यस्तो प्रवृतीले लोकतन्त्र कमजोर हुने कोइरालाको भनाई थियो। बर्दियाको गुलरियामा निमार्ण गरिएको “कृष्ण दिव्या स्मृती” भवन उद्घाटन गर्न कोइराला बर्दिया सदरमुकाम गुलरिया आइपुगेका हुन।












